होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेश गरिएको जानकारी दिइन् । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ । जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदार ख्याम नारायण पराजुलीले […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।
तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो । विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । ‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् । ओलीले एनपीएलमा सहभागी सबै टिम र […]
नागरिक रैबार/बाजुरा ६ पुस। नेकपा एमाले बडीमालिका नगरपालिका ९ नम्वर वडा कमिटीको तेसा्रो वडा अधिवेशन सूरु भएको छ । नेकपा एमाले नम्वर वडा कमिटीको कार्यवाहक वडा अध्यक्ष भोजराज पाध्यायको अध्यक्षतामा तेस्रो वडा अधिवेशन सूरु गरिएको हो । वडा कमिटीको तेस्रो वडा अधिवेशनलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले उद्धघाटन् गरेका छन् । […]
नागरिक रैबार/बाजुरा ४ पुुस । बाजुराको बुढीगंगा नगरपालिकाका वडाहरुमा बालविवाह अन्त्यका लागि अभियान थालिएका छन् । नगरपालिकामा बढ्दो बालविवाह न्युनिकरण गर्न अहिले वडा वडामा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु अभियानका रुपमा संचालन भईरहेका छन् । बुढीगंगाका १० वटा वडा मध्ये सवै भन्दा बढी बालविवाह भएको वडाका रुपमा चिनिएको वडा नम्वर ६ मा बालविवाह अन्त्यका लागि किसोर किसोरी, […]
बाजुरा। बाजुराको बुढीगंगा नगरपालिमा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानोदय माविले हात पारेको छ । मङ्सिर २८ गतेदेखि आयोजित प्रतियोगितामा १९ स्वर्ण, २ रजत र ३ कांस्य सहित भानेदय विजेता भएको छ । त्रिशक्ति मा.वि. ४ स्वर्ण ५ रजत र २ कांस्य सहित द्वितीय र शारदा मा.वि. ४ स्वर्ण ४ रजत र ४ […]
नागरिक रैबार/बाजुरा १ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली बाजुरामा पुगेर फर्किएका छन् । सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, बझाङ र डाेटीमा आयाेजना हुने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन् सांसद पराजुली साेमबार बाजुरा पुगेका थिए । काठमाडौ क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद तथा रास्वपाका केन्द्रिय नेता समेत रहेका पराजुली पहिलाेपटक बाजुरा आएका […]
नागरिक रैबार/बाजुरा १ पुस । बाजुराको बुढीगंगा नगरपालिका–७ देनसायलमा जन्मेकी अनिता थापा, जो उमेरले ३५ वर्षकी मात्रै भईन् । विद्यार्थी जीवनदेखि नै संघर्ष गर्दै आएकी अनितालाई स्वास्थ्यकर्मी बनेर विरामीहरुको सेवा गर्ने ठुलो ईच्छ्या थियो । सामान्य घरमा जन्मेकी अनितालाई स्वास्थ्यकर्मी बन्ने रहर भएपछि परिवारले समेत उनको इच्छ्या पुरा गरिदियो । गाउँबाट एसएलसी सम्मको पढाई सकेर […]
नागरिक रैबार/बाजुरा १ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ चौंराटाका महाविर चंदाराको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आइतबार विहान बडीमालिका नगरपालिका ८ को कैलासपुर सामुदायिक वनमा दाउरा ल्याउने क्रममा भिरबाट लडेर घाइते भएका चंदाराको अहिले धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भईरहको छ । भिरबाट लडेर शक्त घाइते भएका चंदाराको जिल्ला अस्पताल बाजुरामा […]
बाजुराको गौमुल गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कीर्तिचौर माध्यमिक विद्यालयले उचालेको छ । मंसिर २७ गते विहीबारबाट सञ्चालन भएको प्रतियोगितामा १३ स्वर्ण, १० रजत, ४ काँस्य गरी कुल २७ पदक प्राप्त गर्दै प्रथम हुन सफल कीर्तिचौर माविले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी हात पारेको हो । प्रतियोगितामा बालविकास माध्यमिक विद्यालयल ८ स्वर्ण, […]
बाजुरा। बाजुरामा सञ्चालित गैरसरकारी संस्था मानव शंसाधन केन्द्र (एचआरसी) बाजुराले सामाजिक लेखा परीक्षण गरेको छ । शुक्रबार जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत प्रतिनिधी र लाभान्वित सेवाग्राहीहरुको उपस्थितिमा संस्थाले वर्षभरी गरेका गतिविधी सार्वजनिक गरेको हो । बाजुरा जिल्लाका ९ मध्ये ५ स्थानीय तहमा लागु एचआरसी बाजुरा अन्र्तगतका परियोजनाले […]
नागरिक रैबार/ बाजुरा २९ मंसिर। नेपाल पत्रकार महासंघ बाजुराकाे शाखाकाे अध्यक्षमा पदम बहादुर सिंह निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको बाजुराकाे साताैं जिल्ला अधिवेशनले पत्रकार सिंहलाई निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितिका संयाेजक प्रकाश सिंहले बताएका छन् । त्यस्तै महासंघकाे उपाध्यक्षमा संगिता तिमिल्सिना, रमित विक, सचिवमा प्रेम बहादुर राैले, सहसचिवमा जनक बाेहरा, समावेशी सचिव राजेन्द्र […]
बैतडी । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो । उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ । […]
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही क्षेत्रमा बिहानैबाट वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ । मध्य र पूर्वी तराइका धेरै भू–भागमा हुस्सु लागेको छ । थोरै भू–भागमा कुहिरो लागेको छ । सुदूरपश्चिम र कर्णाली […]
नागरिक रैबार/ बाजुरा २३ मंसिर । बाजुराको सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । पुरा बिवरण आउन बाकी छ । घाइृतेकाे उद्धार हुने क्रम जारी रहेकाे छ ।
काठमाडौं – गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए। वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरेका थिए । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली गत आइतबार नेपाली […]
काठमाडौं । स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ७ स्थान मात्र बाँकी छ ।अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १७ स्थानमा जितेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदुरपश्चिमा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भनेपनि कांग्रेसको […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी हिमालयन एयरलाइन्सको चार्टर विमानबाट चीन उडेका हुन्। प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन,सुरक्षा निकायका प्रमुखलगायतले विदाइ गरेका थिए। भ्रमण टोलीमा प्रधानमन्त्रीकी […]