होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईँलाई प्रहरीले मंसिर ४ गते उनकै निवाससबाट पक्राउ गरेको थियो । त्यस्तै आज सर्वोच्च अदालतले पनि प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा […]
काठमाडौं– ‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु हुँदै छ । महिला पुनः स्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले आज संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित […]
पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ।भीमलाल बेलबासेकाे इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे । पछिल्लोपटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा […]
काठमाडौं : निर्वाचन आयोगले कात्तिक १ गते दलहरूलाई एउटा आदेश दियो– जहाँ पुरुष प्रमुख-उपप्रमुख कायम छन्, त्यहाँ महिलामात्रै उम्मेदवार बनाउनू।’ विगतमा गठबन्धन बनाएर दलहरूले घुमाउरो बाटोबाट पुरुषै पुरुष उम्मेदवार बनाएपछि आयोगले यस्तो आदेश दिएको थियो। आयोगले उक्त आदेशपछि उपनिर्वाचन हुन लागेका ६ स्थानमा महिलामात्रै उम्मेदवार बनेका छन्। अर्थात्, जुन पार्टीबाट जिते पनि महिलाले मात्रै जित्ने […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना […]
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यून चापीय प्रणाली अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र […]
काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्याली निकाल्ने छ । र्याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको […]
काठमाडौं : सत्तारुढ दल नेकपा एमालेको जागरण सभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। काम विशेषले घर बाहिर निस्किएकाहरू जाममा परेका छन्। अहिले काठमाडौंको मुख्य सडक न्युरोड,सहिदगेट,सुन्धारा,जमल भृकुटीमण्ड,भद्रकाली,बानेश्वर,माइतीघरलगायत क्षेत्रमा अत्यधिक जाम बढेको छ। एमालेले आज दरवारमार्गमा जागरण सभा गर्दैछ। जागरण सभाका लागि भद्रकालीबाट निकालिएको र्याली दरवारमार्गमा पुगेर सभामा परिणत हुने। सभालाई एमाले अध्यक्ष […]
काठमाडौँ । मङ्सिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उम्मेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । दिउँसो १२:०० बजे कीर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी प्यालेसमा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम भएको माओवादीले जनाएको छ । कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रवक्ता अग्निप्रसाद […]
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आज जागरण सभाको नाममा काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागिएको हो । एमाले विधिको शासनमा र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन्। […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।नेकपा माओवादी केन्द्रबाट स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी राजु कुमारी विक उम्मेदवारी फेर्ता गरेसंगै एमालेका लागि भोट माग्न व्यस्त भएकी छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट मंसिर २ गते उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी विकले मंसिर ५ गते एमालेका उम्मेदवारलाई समर्थन गर्ने गरी उम्मेदवारी फेर्ता गरेकि उनि अहिले एमालेसंगै चुनावी प्रचारप्रसारमा सक्रिय […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतीकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र […]
गोरखा : पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी माघ, फागुनदेखि काठमाडौं केन्द्रित शक्तिशाली आन्दोलन गर्ने संकेत गरेका छन्। नेकपा माओवादी केन्द्र गोरखाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आउँदो पुस २ गते बस्ने बैठकले यसबारेमा टुंगो लगाउने बताए। ‘केन्द्रीय कमिटीको बैठक आउदो पुस २ गते राखेका छौं। देशभर खबरदारी सभाद्वारा वार्मअप गर्ने, […]
बाँके । नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ । मन्दिरको फाउन्डेसन (बेस) र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको उपमानगरपालिकाका इञ्जिनीयर सुरज शर्माले बताए। उनका अनुसार हनुमानको खुट्टा ढलानको काम सम्पन्न भएको छ । उपमहानगरपालिका–२ हनुमानगढीस्थित बालदा तलाउमा […]
काठमाडौं– याे मंसिरको महिना हाे । यो महिना आउने बित्तिकै धेरैको मनमा आउने एउटा कुरा हो– विवाहको लगन ।मंसिरमा विशेष गरी विवाहका लगन हुने गर्छन् । विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला । तर यसपाली यो महिनाले धेरैको मनमा निराशा छाइदिएको छ । कारण यो मंसिरमा एक मात्रै विवाहको लगन परेको नेपाल […]
काठमाडौं । न्यायपरिषद्ले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषद्को बैठकले उनीहरुको सरुवा गरेको छ । यसै बैठकले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ । उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेलाई जिम्मेवारी तोकेको हो । नयाँ गठन हुन लागेको अदालतले काठमाडौं […]
काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।आज बस्ने मन्त्रीपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने बुझिएको छ । यस्तै, बैठकमा मन्त्रालयगत तथा सरकारका नियमित कामकारबाहीबारे पनि छलफल र निर्णय हुने बताइएको छ […]
काठमाडौँ- आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई बुधबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा […]
नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेमाथि लगाएको आरोप फिर्ता लिँदै माफी मागेका छन्। बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले आफ्नो आरोपले मन्त्री पाण्डेलाई चोट पारेको भन्दै अभिव्यक्ति फिर्ता लिएको बताएका छन्।‘मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति […]
काठमाडौं– साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौ जिल्ला अदालतमा उपस्थित गराइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतमा […]