होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेण्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूत क्रमशः क्याथरिना विजर, आन्द्रेस लाज्लो किराली, ह्युगो हाभियर गोबी, क्यामरुन डीन म्याके र डेभिड पुइगले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् […]
धनगढीः बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला सदरमुकाम चैनपुरस्थित बाहुलीगाडमा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको हो। प्रहरीका अनुसार डुबेर बित्थड चिर गाउँपालिका ४ का १८ वर्षीय कमल बोहराको मृत्यु भएको हो। दिउसो ४ बजेतिर उनको ज्यान गएको प्रहरीले जनाएको छ। यसअघि पनि बाहुलीगाडमा डुबेर एक जनाको मृत्यु भएको […]
बझाङः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताएका छन्। बझाङ सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए। उनले पाँच दललाई बाख्राको संज्ञा दिए। ‘पाँचवटा बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन, ‘उनले भने, ‘उहाँहरु एमालेसँग चुनाव लड्न […]
बझाङः आसन्न स्थानीय तहको निर्वाचनकेन्द्रित आमसभालाई सम्बोधन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ आउँदै छन्। एमाले बझाङले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न अध्यक्ष ओली यहाँ आउन लागेका हुन्। बझाङ सदरमुकाममा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले बझाङका अध्यक्ष अफिलाल ओखेडाले बताए । ओली हेलिकप्टरमार्फत आउन लागेको उनले […]
धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सुदूरपश्चिम प्रदेशको तत्कालीन आर्थिक मामिलामन्त्री रहेका तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आवद्ध नेपाली कांग्रेसले समेत आफूले जिम्मेवारी सम्हालिरहेको मन्त्रालय मागेको अवस्थामा जानकारी समेत नदिएर विनाकारण पदबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुुकमा, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल […]
धनगढीः धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को तयारी अन्तिम चरणमा पुगेको छ। २९ गते धनगढीको रिद्धिसिद्धि पार्टी प्यालेसमा हुने अवार्डको तयारी अन्तिम चरणमा पुगेको हो। मनोनयमनमा परेका खेलाडी र प्रशिक्षक धनगढी आउने क्रम सुरु भएको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव तथा कार्यक्रमका संयोजक प्रदीप पाठकले बताए। उनका अनुसार २९ गते दिउसो […]
काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले २४ वर्षीय मोहन विक घाइते भएको बताए । उनको मुख र हातमा गहिरो चोट लागेको छ । घाइते विकको ललितपुरस्थित बी एन्ड बी हस्पिटलमा उपचार भइरहेको छ […]
नेकपा एकीकृत समाजवादीले आगामी वैशाख ८ गतेभित्र स्थानीय तहमा उम्मेदवारी दिनेहरूको नामावली टुंगो लगाउने भएको छ । चैत २६ र २७ गते बसेको समाजवादीको सचिवालय बैठकले उम्मेदवारको सम्बन्धमा टुंगो लगाउन समय तालिका निर्धारण गरेको हो । जसअनुसार वडा कमिटीले यही चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ भने पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र […]
धनगढी: सुदूरपश्चिमेलीको प्रमुख चाड मध्येको एक विशु पर्व मान्न घर फर्कनेहरु बढेका छन्। सुदूरपश्चिमबाट भारतमा रोजगारी गर्न गएकाहरु नयाँ वर्ष अर्थात विशु पर्व मनाउन फर्कने क्रम बढेको हो। अहिले भारतीय सीमा नाका कञ्चनपुरको गौरीफन्टा, गड्डाचौकी, बैतडीको झुलाघाट, दार्चुलाको पुल घाटबाट घर फर्कनेको भिड लागेको छ। ‘वर्ष दिनको चाड हो विशु, घर परिवारसँगै मनाउन पाए रमाइलो […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकार राजनीतिक भागबन्डा मिलाउने थलो बन्न थालेको छ। प्रदेश गठन भएर विधिवत् कार्यान्वयन भएको चार वर्ष दुई महिनामा प्रदेश सरकार मन्त्री उत्पादन गर्ने थलोजस्तो देखिएको हो। चार वर्ष दुई महिनादेखि मुख्यमन्त्रीमा त्रिलोचन भट्ट निरन्तर भए पनि सुदूरपश्चिम सरकारमा मन्त्री फेरिएको फेरियै छन्। यसले मन्त्री हुनेको संख्या निरन्तर रुपमा बढेको छ। २०७४ […]
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको […]
सुर्खेत — ७२ वर्षीया सगेनी सर्केनी आफ्नै नामको लालपुर्जा बोकेर शुक्रबार खुला चौरमा छमछमी नाचिरहेकी थिइन् । उनी नाचेको देखेर राष्ट्रिय भूमि आयोगको केन्द्रीय अध्यक्ष केशर निरौला पनि स्टेजबाट झरे र उनीसँगै नाचे । २००४ मा रुकुमको चौरजहारीबाट सुर्खेतको भेरीगंगा नगरपालिकास्थित मैनतडा झरेका सर्केनीका बाबु र पति पनि लालपुर्जाकै आशमा मरे । ‘यो लालपुर्जाभित्र धेरैका सपना छन,’ केहीबेर […]
सरकारले आगामी आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
धनगढीः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार सुदूरपश्चिम आउने भएका छन्। एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली सुदूरपश्चिमको बझाङ आउन लागेका हुन्। सो कार्यक्रममा करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन्। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक […]
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो । कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री भएका छन् । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री नियुक्त […]
काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं ।देवीको पूजा र उपासना गर्दै मनाइँदै छ।असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो […]
हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको छ। शनिबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया […]
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) अन्त्य भएको छ। प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर हिजो राति १२ बजेदेखि अन्त्य गरिएको जानकारी गराएका हुन्। यही चैत १३ गते हिउँदे अधिवेशन सुरु भएको थियो। यो अधिवेशनका बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ लाई संशोधन गर्न […]
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो । हाल प्रतिपक्ष भूमिकामा रहेको नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएको हो । काँग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको सरकारका प्रवक्ता समेत रहेकी कानुन मन्त्री पूर्णा जोशी जानकारी दिइन् । मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम […]
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाल काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताए । ‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ’, उनले भने, ‘ठिक ढंगले […]