होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनको आदेशमा यहाँका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ […]
धनगढी : नेपालको जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख नाघेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको हो। ०६८ को जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो भने १० वर्षमा एक लाख ५८ हजार ७५३ बढेको हो। यस्तै केन्द्रीय तथ्यांक विभागका अनुसार […]
धनगढी — राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तहमा […]
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको त्यहाँ गएर आएका पर्यटकहरु बताउँछन् । हिमपातपछि यहाँका डाँडाकाँडा निकै रमणीय तथा सेताम्मे […]
धनगढीः कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘उनीहरुविरुद्ध चोरीको मुद्धा दर्ता भएर ५ दिनको म्याद थप भएको छ। म्याद थप […]
धनगढीः केही दिनयता सुदूरपश्चिको तराइ क्षेत्रमा चिसो बढेको छ। कैलाली, कञ्चनपुर लगायतका क्षेत्रहरुमा चिसो बढेको हो। दैनिकजसो लाग्ने बाक्लो हुस्सुका कारण चिसो बढ्दै गएपछि यहाँको जनजीवनसमेत प्रभावित बनेको छ। प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा पनि चिसोले जनजीवन प्रभावित पारेको छ। धनगढीमा चिसो बढेपछि आगो तापेर बस्ने तथा विद्युतीय सामग्रीहरुको प्रयोग गर्ने क्रम बढ्न थालेका छ। […]
धनगढी । सरकारले फ्रन्टलाइनरलाई आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने भनेपनि सुदूरपश्चिममा भने अझै शुरु हुन सकेको छैन । कैलालीसहित प्रदेशका सबै जिल्लामा नियमित खोप कार्यक्रम सञ्चालन भइरहेपनि ‘बुस्टर डोज’ भने लगाउन ढिलाइ भएको छ । सरकारले घोषणाअनुसार प्रदेशमा आवश्यक पर्ने खोप नपठाउँदा फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ लगाउन नसकिएको बताइएको छ । प्रदेशको अस्थायी राजधानी […]
धनगढी : सुदूरपश्चिमको पहाडी समुदायसहित देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ। आजको दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने […]
धनगढीः परिवारको पीडाले भरिएको झोला बोकेर त्रिनगर गौरीफन्टा सीमानाका पुगेका थिए बझाङको केदारस्युँ गाउँपालिका–३ का गोपाल ओखेडा। उनी रोजगारीका लागि भारत जान त्यहाँ पुगेका थिए। उनका साथमा गाउँले र आफन्तहरु थिए। उनलाई कोरोना बढ्दै छ भन्ने थाहा छ। तर उनलाई परिवारको जिम्मेवारीभन्दा ठूलो रोग होइन भन्ने पािन थाहा छ। उनलाई कोरोनाको चिन्ता भन्दा पनि लकडाउन […]
धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भएर उपचारका लागि भर्ना हुनेहरुको संख्यामा वृद्धि हुन थालेको छ । भारतबाट फर्किने अधिकांश मानिसमा संक्रमण देखिन थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्थायी अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको हो । कोभिड अस्थायी अस्पतालमा दुई दिन पहिलेभन्दा संक्रमितको संख्या दोब्बरले […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भन्दै प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिनका लागि सार्वजनिक विदा दिएको जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको जानकारी दिए । उनकाअनुसार […]
दार्चुला — जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो । प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्व लगाइने खोपको भने अभाव छ । बिहीबार जिल्लाका कुनै पनि ठाउँमा कोरोना […]
धनगढीः सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ। खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागुऔषध प्रयोगकर्ताको अखडा बन्न थालेको हो। विशेषगरी कैलाली र कञ्चनपुरमा यसका प्रयोगकर्ता तुलनात्मक रुपमा बढी देखिएका छन्। पहिल्लो समयमा सुदूर पहाडमा पनि यसको प्रभाव देखिन थालेको धनगढीमा सुधार गृह सञ्चालन गर्दै आएका रामबहादुर रजकले बताए। ‘सुदूरपश्चिममा […]
धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ७६ जनाको नमूनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालमा पछिल्लो २४ घण्टामा तीन जना बिरामी थपिएका छन्। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अहिले ६ जनाको आइसियूमा उपचार भइरहेको छ […]
धनगढी: नेकपा (एमाले) कैलालीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ। अध्यक्ष लगायत पदाधिकारीमा सहमति नभएपछि निर्वाचन भइरहेको हो। वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन्। उनीहरु दुवै केपी शर्मा ओलीनिकट हुन्। जिल्ला अध्यक्षमा विगतदेखि नै एमाले पृष्ठभुमी भएका दुई नेताबीच प्रतिस्पर्धा भइरहे पनि चुनावमा पूर्वमाओवादीविरुद्ध एमाले एक ठाउँमा […]
कैलाली । नेकपा एमाले कैलाली जिल्ला समितिको नेतृत्व चयनका क्रममा विवाद हुँदा झडप भएको छ । निर्वाचन समितिले पटक-पटक निर्वाचनको कार्यतालिका पछि सारेपछि दुई पक्षका उम्मेदवारहरुबीच झडप भएको हो । प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्यक्ष एवं अध्यक्षका उम्मेदवार रतन थापा र अध्यक्ष पदका अर्का उम्मेदवार रणबहादुर चन्द पक्षबीच झडप भएको हो […]
धनगढीः सुदूरपश्चिमका ८ जिल्लामा आज एमालेको अधिवेशन हुँदै छ। बझाङबाहेक प्रदेशका ८ जिल्लामा नेतृत्व चयनका लागि अधिवेशन भइरहेको हो। अधिकांश जिल्लामा अध्यक्षका लागि धेरै आकांक्षी देखिएपछि सहमतिको प्रयास भइरहेको छ भने सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिने एमालेले जनाएको छ। कैलाली जिल्लाको नेतृत्वका तीन जना आकांक्षी छन्। नेता रतन थापा, रणबहादुर चन्द र डेजी […]
सुदूरपश्चिम प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य पदका लागि तीन सीटमा हुन गइरहेको निर्वाचनमा ६ जना प्रतिस्पर्धी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच तीन सीटका लागि प्रतिस्पर्धा हुन लागेको हो । सत्तारुढ गठबन्धनका तर्फबाट तीन सीटका लागि नेपाली काँग्रेसका नारायणदत्त मिश्र, नेकपा माओवादी केन्द्रका जगत पार्की र नेकपा एकीकृत समाजवादी पार्टीका […]
बैतडी, २२ पुस: बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा भने ९१ हजार ३०६ जनाले पाएका हुन् । पछिल्लो विवरण अनुसार पुर्चौंडी नगरपालिकामा– १९ हजार ८६ जनाले पहिलो मात्रा र १० हजार ३३६ जनाले पूर्ण […]
धनगढी । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सदूरपश्चिममा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । धनगढीस्थित निर्वाचन कार्यालय पुगेर एमालेले महिलातर्फ कैलालीले सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराएका हुन् । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन आएको पदमा माघ १२ गते निर्वाचन हुन […]