होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-८ गप्काका ३९ वर्षीय गोपी ओखेडा ३ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको घर र पसलमा खान तलासी गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उनको […]
धनगढी : कैलालीको धनगढीस्थित एक रेष्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ। धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार केही महिनादेखि बन्धक बनाएको गुनासोपछि उनीहरुको उद्धार गरिएको हो। ‘काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको […]
सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला दुई महिनाभन्दा बढी समयदेखि नखुलेपछि प्रशासनिक काम प्रभावित बन्न थालेका छन् । विश्वविद्यालयमा नियुक्त गरिएका डिन, सहायक डिन, निर्देशकलगायतका पाँच पदमा राजनीतिक भागबन्डा नमिलेपछि तालाबन्दी गरिएको थियो । विश्वविद्यालयमा डिन र सहायक डिनलगायत पाँचजना मंसिर अन्तिम साता नियुक्त भएका थिए । काँग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टी निकटका मात्रै रहेको तर […]
धनगढी । लोक तथा देउडा गायिका रेखा जोशीलाई सुदूरपश्चिम प्रदेशका लागि मर्यादित महिनावारी सद्भावना दूतमा नियुक्त गरिएको छ । खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जोशीलाई पाँच महिनाका लागि महिनावारी सद्भावना दूतमा नियुक्त गरेको जनाएको छ । परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवाले जोशीलाई सुदूरपश्चिम प्रदेशमा व्याप्त छाउपडी […]
धनगढी: कैलालीको अत्तरियामा सार्वजनिक बिदाको दिन चलाइएको मोटरसाइकल ट्राफिक प्रहरीको फन्दामा परेको छ। शनिबार चालकले मादक पदार्थ सेवन गरेर से१ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेको पाएपछि ट्राफिक प्रहरीको नजर गएको हो। उक्त मोटरसाइकल डोटी दीपायल सिलगढी नगरपालिकाको रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। नगरपालिकामा कार्यरत लेखापाल भक्तराज भट्टले मापसे गरेर मोटसाइकल चलाएको पाएपछि १ […]
धनगढीः सुदूरपश्चिममा राज्य पक्ष र अन्य पक्षबाट गरी सन २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७ सय ६ घटना घटेको तथ्यांक सार्वजनिक गरिएको छ। यो अवधिसम्ममा २२ जना पुरुष र १२ जना महिला गरी ३४ जनाको हत्या भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ ले देखाएको छ। बाल अधिकार, गिरफ्तारी, अमानवीय व्यवहार, महिला अधिकार, […]
महेन्द्रनगरः महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ। “ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्रयाक खोल्न रु […]
दार्चुलाः अपिहिमाल गाउँपालिका–५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्छिन्। पालिका केन्द्रसम्म सडक नपुगेकै कारण उनले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने गरेकी हुन्। गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि चाहिने सरिया बोकेर उनी दिनहुँ यहाँ पुग्ने गर्छिन। त्यसबाहेक उनले स्थानीयदेखि व्यापारिक […]
काठमाडौ: सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब निकासा गरेको छ। हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको उपस्थितिमा […]
धनगढी: बझाङको एक पसलमा आगलागी हुँदा लाखौँको क्षती भएको छ। बित्थडचिर गाउँपालिका–१ बित्थडबजारका ४० वर्षीय व्यापारी वीर बहादुर बोहराको पसलमा आगलागी हुँदा लाखौं रुपैया बराबरको धनमाल नष्ट भएको हो। पसलमा विद्युत सर्ट भएर बिहीबार बिहान आगलागी हुँदा नगद ५० हजार, खाद्यान्न, विभिन्न ब्राण्डका मदिरा लगायत जलेर करिब ३१ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट […]
बैतडी: नेपाल पत्रकार महासंघ बैतडीको शाखाको नयाँ कार्यसमितिको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन भएका छन्। १८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट (डीआर), सहसचिवमा विनोद सिंह विष्ट, समावेशी सहसचिवमा प्रेम ओड चयन भएका छन्। यस्तै चारजना राष्ट्रिय परिषद् सदस्य र नौजना प्रदेश परिषद सदस्य समेत […]
धनगढीः बझाङको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। बझाङको सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ वर्षीय कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बिहिबार दिउँसो बाहुली खोलामा नुहाउन गएका बोहरालाई डुबेको स्थानीयले देखिपछि उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारको […]
बैतडी: प्रतिकूल मौसमको कारण देखाउदै बन्द भएको धनगढी–पाटन उडान पुनः सुरु हुने भएको छ। शुक्रबारदेखि समिट एयरले उडान गर्ने भएको हो। गत पुस १६ गतेबाट बन्द भएको उडान भोलि फागुन ६ गतेबाट नियमित रुपमा सञ्चालन हुने समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण भट्टले बताए। मौसममा सुधार आएसँगै अब नियमित उडान गर्न लागिएको उनले बताए। हरेक […]
डोटी । नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेको चार वर्ष पूरा भयो । २०७४ साल फागुन ५ गते उनले पदभार ग्रहण गरेका थिए । मुख्यमन्त्रीको हैसियतले उनले चार वर्षको अवधीमा बाचा त धेरै गरे तर पूरा गर्नेतर्फ भने सक्रिय देखिएनन् । उनले गरेका धेरैजसो वाचा पूरा भएका छैनन् । उनको […]
कञ्चनपुर — महाकाली नदी किनारमै बसोबास छ । एकातिर महाकाली नदीमा आउने बाढीको त्रास । अर्कोतिर घरजग्गा दर्ता नभएको वनजंगल क्षेत्रबाट कतिबेला उठिबास हुने हो भन्ने त्रास । कञ्चनपुरको भीमदत्त नगरपालिका— ९ खल्लाकी ममता रावललाई यही चिन्ता छ । पछिल्लो पटक कात्तिक पहिलो साता महाकाली नदीमा आएको भीषण बाढीले उनको होसहवास नै उडाएको छ । तीन दशकदेखि खेतीपाती गर्दै आएको […]
धनगढीः कञ्चनपुरमा एक वडाध्यक्षको मोटरसाइकल समातिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वार्ड ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराको सरकारी मोटरसाईकल नेपाल बन्दकर्ताले नियन्त्रणमा लिएका हुन्। बन्दकर्ताले अध्यक्ष बोहराको मोटरसाईकल बसपार्क नजिकबाट नियन्त्रणमा लिएको बताएका छन्। नेपाल बन्दको समयमा सरकारी मोटरसाईकल चलाएको भन्दै मोटरसाईकल समातेको उनीहरुले बताएका छन्।
धनगढीः दार्चुलामा गाउँपालिका अध्यक्षकी छोरीको नाम पनि गरिबका सूचीमा राखिएको भेटिएको छ। जिल्लाको दुहुँ गाउँपालिकामा यस्तो भेटिएको हो। काँग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्री कार्कीको नाम गरिबको सूचीमा भेटिएको हो। सावित्रीले गरिब घर परिवारको सूची संकलनमा आफूलाई सामान्य गरिबमा राख्न लगाएको भेटिएको हो। तर, उनको आर्थिकस्तर तथा अवस्था भने […]
धनगढी: सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडीमा तोडफोड भएको छ। बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले बुधवार बिहान बाँकेको कोहलपुरमा उक्त गाडीमा तोडफोड गरेका हुन्। काठमाडौंबाट धनगढी आउँदै गरेको ००१ झ ४०१ नम्बरको गाडीमा टोडफोड गर्दा सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले बताए। अहिले सो गाडीलाई मन्त्रालय पठाइएको उनले बताए।
धनगढीः एमालेका नेता भीम रावलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको राजीनामा मागेका छन्। रावलले आलेले एक युवकलाइ अपहरण गर्ने धम्की दिएर विवादमा मुछिएपछि राजीनामा मागेका हुन्। अहिले मन्त्री आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै अश्लिल गाली दिँदै ज्यान मार्ने धम्की दिएको अडियो भाइरल बनेको छ। उक्त अडियोमा भारतमा रहेका अछामका युवालाई बसेकै […]
धनगढी : पत्रकार महासंघ बैतडीको विवाद झन पेचिलो बनेको छ। महासंघ बैतडीको नयाँ कार्यसमिति चयन गर्न पत्रकारका चार सङ्गठनको सहमति भएको बताइए पनि प्रेस चौतारीले भने समर्थन फिर्ता गरेको भन्दै प्रेस विज्ञप्ति जारि गरेको छ। पेसागत संगठनहरू र संगठन बाहिर रहेका स्वतन्त्र पत्रकारहरूको सहमति बिना बैतडीमा विवाद समाधान नहुने देखिएपछि प्रेस युनियनको नेतृत्वमा चयन गर्ने […]