होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । महासचिव बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे । ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले रेशम चौधरीलाई जन्मकैदको सजाय दिने काम गरेको भन्दै सरकारको चर्को […]
काठकाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा २ अर्बभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा २ अर्व ६८ करोड ७७ लाख ५८ हजार रकम बेरुजु रहेको देखाएको हो । प्रतिवेदनका अनुसार स्वास्थ्य मन्त्रालय मातहतका सरकारी कार्यालयतर्फ ९९ निकायमा १ अर्ब ४९ करोड ४४ […]
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन उत्रिन युवा/विद्यार्थीहरुलाई आह्वान गरेका छन् । केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको आरोप लगाउँदै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारेका हुन् । शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संवैधानिक परिषदको बैठक बोलाएर […]
काठमाडौं– नेपाल सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–तराईं/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)मा हालसम्म १२ अर्ब ६४ करोड खर्च भएको छ । महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदनमा फास्ट ट्र्याक निर्माणका लागि हालसम्म १२ अर्ब ६४ करोड ६२ लाख खर्च भएको उल्लेख छ । सेनाले निर्माण जिम्मा पाएको फास्ट ट्रयाकमा अहिलेसम्म रुख कटान, माटो काट्ने तथा […]
काठमाडौं– सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाललाई डिजिटलरुपमा आर्थिक क्रान्तिसँगै समृद्धितर्फ डोर्याउनुपर्ने बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनमा धेरै कम्पनीहरु सञ्चार क्षेत्रमा काम गर्न चाहेकाले पलपलमा चुनौती रहेकोतर्फ टेलिकमका कर्मचारीहरुलाई सचेत गराए । उनले ४२ सय कर्मचारी भएर पनि नेपाल सरकारको स्वामित्वमा […]