होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा दुई हजार ९२० को नमूना परीक्षण गरिएको थियो। एक हजार ९९८ ले पिसिआर र ९२२ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा ११ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको […]
काठमाडौँ — सरकारले सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा गणित, अंग्रेजी, विज्ञानलगायत प्राविधिक धारका विषयको शिक्षक अभाव हुन नदिने बताउँदै शिक्षक दरबन्दी पुनरावलोकन गर्ने बताएकी हुन् । सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ भने कक्षा ११ र १२ मा एउटा पनि स्थायी दरबन्दी […]
धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेश सरकार र अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। […]
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको नतिजा करिब करिब अन्तिम चरणमा पुगेको छ । यो लेख तयार पार्दासम्म कुल ७५३ स्थानीय तहमध्ये नेपाली कांग्रेस ३०० भन्दा बढी पालिका तहमा जितेर पहिलो पार्टी बनेको छ । २०७४ सालमा २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले यतिखेर २०० हाराहारी पालिकामा मात्रै जितेर दोस्रो पार्टीमा खुम्चिएको […]
खलंगा, जाजरकोट — जाजरकोट सदरमुकाम खलंगाको पश्चिमोत्तर रानागाउँको सिरानमा छ, मुनलाल विकको घर । जो, दुई वर्षअघि अन्तरजातीय प्रेम सम्बन्धकै कारण मारिएका नवराज विकका बुबा हुन् । नवराजको कोठाका भित्ता खेलकुद प्रतियोगिताबाट आर्जेका तक्मा र प्रमाणपत्र लहरै राखिएका छन् । तीमध्ये एउटा स्वर्ण पदकलाई छातीमा च्याप्दै मुनलाल भक्कानिए, ‘छोरै नरहेपछि यी तक्मा र प्रमाणपत्रको के काम ? यिनको म […]
नगढी: नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछन। देशका केही स्थानहरूमा र मेघ गर्जन/चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी […]
स्थानीय तह निर्वाचन समापनको चरणमा छ । ७५३ पालिकामध्ये ७०० माथिको परिणाम सार्वजनिक भइसक्दा जित-हारका विश्लेषण भइरहेका छन् । खासगरी, मुलुकको सबभन्दा ठूलो दल नेकपा (एमाले) ले अपेक्षित सफलता हासिल गर्न सके/नसकेका बारेमा चर्चा-परिचर्चा केन्द्रित छन् । र, नेकपा (एमाले) ले यस निर्वाचनमा ‘शर्मनाक’ र ‘लज्जास्पद’ रूपमा हारेको संकथन (न्यारेटिभ) निर्माण गर्ने कोसिस पनि भइरहेको […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’ मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्ने अर्थमा ओलीले यसो भनेका हुन् । ओलीको यो अभिव्यक्ति मधेसका मतदातालाई एमालेतर्फ प्रभावित पार्न लक्षित थियो । ठीक एक महिनापछि ९ वैशाखमा […]
काठमाडौं । सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय हिमाली भेगका विद्यालयमा लागु गर्न सम्भव नहुने शिक्षक तथा कर्मचारीहरुले बताएका छन् । मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकाले पुस र माघ महिनामा विद्यालय बन्द हुने गर्छ । त्यसैले यी क्षेत्रका […]
उदयपुर — जारी स्थानीय तहको निर्वाचनमा दाजुभाइ नै दुई फरक जिल्लाको फरक/फरक गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । मतगणनाको सोमबार सर्वजनिक मत परिणामअनुसार प्रदेश नं. १ धनकुटा र ओखलढुंगा जिल्लाबाट दाजुभाइले नै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । दाजु जीतेन्द्र रुम्दाली(राई)ले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट जित हाँसिल गरेका छन् […]
देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । आइतबार साँझ र सोमबार भएको दुर्घटनामा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारलाई जितको खुसीयालीमा शुभकामना दिन गइरहेकाको मोटरसाइकल दुर्घटना हुँदा, विजयउत्सव मनाउन जाँदा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा र विजयी जुलुसका लागि […]
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा दलित समुदायका २४ वर्षीय एक युवा पहिलोपटक दलित समुदायबाट त्यस वडाको वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा नम्बर- ८ साविक वामी गाविसका २४ वर्षीय रमेश रसौली (बिक) त्यस वडाका निवर्तमान वडाध्यक्ष, एमाले उम्मेदवार नारायण सापकोटालाई ६९ मतले पछाडि पार्दै दलित समुदायको पहिलो वडाध्यक्ष हुन सफल भएका हुन्। बिकले ५९३ […]
२ जेठ, लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै लुम्बिनी आइपुगेका छन् ।भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक स्वागत गरे । भारतका विशिष्ट […]
काठमाडौं, १ जेठ । नेकपा एमालेले मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् । आज एमाले महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गर्दै योजनावद्ध धाँधलीको आरोप लगाएका हुन् । ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा एमालेको विपक्षमा परिचालित भयो,’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मतदान र मतगणनाको क्रममा सत्ता […]
नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो । न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका संकलन गर्न सकिएको थिएन । ती तीन स्थानका मतपेटिका आज नेपाली […]
भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ। अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने उनीहरुलाई प्रहरी लगाएर बाहिर निकालिएको छ । वडा नम्बर २ को ८ स्थानमा मत गणना […]
जुम्ला — कन कासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । सङ्घीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व बिना वडामा समृद्धि हुन नसक्ने […]
सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ । फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन् । सो पालिकामा वडा नम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा काँग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो । तर शान्ति पूर्णरुपमा […]
हुम्ला । हुम्लामा मतपेटिका संकलन गर्ने कठिन भएको छ । ४८०० मिटरको लेक पार गरेर मतपेटिका ल्याउनुपर्ने भएकोले कठिन भएको निर्वाचन आयोगले जनाएको छ । नाम्खा गाउँपालिका-६ लिमीका भृकृटी आधारभूत विद्यालय, सुनखानी आधारभूत विद्यालय र हल्जी हिमशिखर आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतपेटिका याल्वाङ्ग ल्याउन समस्या भएको हो । यस्तै, चंखेली गाउँपालिका डाँफे आधारभूत विद्यालय नेप्का […]
जुम्ला । गुठिचौर गाउँपालिका-३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते पुन: मतदान हुने भएको छ ।प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते निर्वाचन गर्ने निर्णय गरेको हो । मतदानस्थलमा ढुंगामुढा भएपछि सर्वदलीय वैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । १००७ मतदात रहेको […]