होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी-८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका- ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव […]
तनहुँ — नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । नाबालिग बलात्कार घटनाको अनुसन्धानका लागि जोशीलाई करिब २ बजे दमौलीबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । जिल्ला अदालतले जोशीमाथि पनि अनुसन्धनका प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो ।नाबालिगलाई जबर्जस्ती करणी गरेको अरोपमा शाह गत फागुन १५ गतेदेखि […]
धनगढीः गत सोमबार धनगढीमा एक युवकको शव फेला पर्यो। उपमहानगरपालिकाको वडा नम्बर ५ जाई र शिवनगर जोड्ने सडक छेउको नालीमा युवकको शव फेला परेको थियो। त्यो शव थियो भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय कुलदीप गुप्ताको। बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले गुप्ताको हत्या […]
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या गरेर फालिएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई […]
पाल्पा – लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ । बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडि सवार श्रीषसँग लागुऔषध भेटिएको थियो । प्रहरीले […]
धनगढीः कञ्चनपुरमा ‘नाबालिग सम्बन्ध’बाट छोरी जन्मिएको घटना सार्वजनिक भएको छ। कञ्चनपुरकै दक्षिणी क्षेत्रको चौधरी समुदायकी १४ वर्षीया बालिका र भीमदत्त नगरपालिकाका १६ वर्षीय बालकको सम्बन्धबाट छोरी (शिशु)को जन्म भएको हो। केही दिनअघि बालिका विरामी भएर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पगेकी थिइन्। अस्पतालमा बालिकाले छोरी जन्माइन्। उनले छोरी जन्माएपछि यो घटना सार्वजनिक भएको हो। बालिका भीमदत्तमा […]
चितवन । चितवनमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका-१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशु फेला परेको थियो । मञ्जुलाई पक्राउ गरी […]
बुटवल । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र […]
सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शङ्कास्पद मृत्यु भएको घटनामा सुब्बाकुनाका प्रहरी सहायक निरिक्षक (असई) शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको छ । मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ वर्षीया हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका हुन् । प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै प्रहरी […]
काठमाडौँः नाबालिगको बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको हिरासत अवधि १२ दिन बढेको छ। प्रहरीले अनुसन्धान नसकिएकाले म्याद थपका लागि जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो।अनुसन्धानको प्रक्रिया अझैँ बाँकी रहेको भन्दै प्रहरीले १२ दिन म्याद पाउन आग्रह गरे अनुसार अदालतले थप १२ दिनको म्याद थपेको हो। न्यूनतम २५ दिनभित्र […]
जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई आइतबार म्याद थप गरिँदै छ । पल शाह (पूर्णविक्रम शाह) फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए । अदालतले दिएको सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले रातोपाटीलाई बताए । १७ वर्षीया बालिकाले म्युजिक भिडियो […]
दैलेखमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चामुनण्डाबिन्दाशैनी नगरपालिका-४ नाओ बस्ने २४ वर्षीय नबिन शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । नबिनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जम्बुकाधबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यता ललितपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी […]
कपिलवस्तुमा एक बालिकाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा सीता नेपालीकी १२ बर्षीया छोरीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको […]
सिरहामा आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका-१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]
काठमाडौँ — जबर्जस्ती करणी र यौन दुर्व्यवहार आरोपमा कलाकार पल शाह पक्राउ परेपछि बलात्कारसम्बन्धी कानुनमाथि बहस सुरु भएको छ । केही कानुन व्यवसायीले सार्वजनिक सञ्चारमाध्यममा लेख लेखेर र अन्य कतिपयले सामाजिक सञ्जालमा ‘१८ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमतिमै भएको सम्बन्धलाई पनि बलात्कार मान्ने कानुनी व्यवस्था बदल्नुपर्छ’ भन्ने तर्क गरिरहेका छन् । जबर्जस्ती करणीसम्बन्धी कानुनी व्यवस्थामा सुधारको खाँचो […]
नागरिक रैबार/बाजुरा १८ फागुन। हत्या अभियोगमा फरार रहेका बाजुराको खप्तड क्षेडेदह गाउँपालिका २ जय बागेश्वरीका ६८ वर्षीय मिनबहादुर सिंह ३१ वर्षपछि पक्राउ परेका छन् । २०४८ साल असोज ६ गतेका दिन भैसीले कोदोबाली खाएको विषयलाई लिएर गाउँमा विवाद हुँदा सोही वडाका शंकर धामीको हत्या गरी सिंह ३१ वर्षदेखि फरार रहेका थिए । ३१ वर्षदेखि फरार […]
कैलाली: कैलालीका युवकसहित ३ जनालाई प्रहरीले विभिन्न हातहतियार राखेको आरोपमा पक्राउ गरेको छ। बाँकेको डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, नौ राउण्ड गोली, एक थान खुडा र दुई थान नोकसहित तीनजनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोका २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२ […]
१८ फागुन, काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वर अगाडि बम राखेको आरोपमा प्रहरीले २१ वर्षका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका सुवास महत रहेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको गेटमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद […]
विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गिरीले गत बुधबार जंगलमा बालिकाको बलात्कारपछि हत्या गरी शव ढुङ्गाले छोपेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । शुक्रबार पक्राउ परेका गिरीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । […]
काठमाडौं । मोडल तथा अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले जबरजस्ती करणीको अभियोग लागेका अभिनेता शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । गत बुधबार मात्रै १७ वर्षीया एक बाल गायिकाले अभिनेता शाहविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गराएकी थिइन् । त्यसपछि […]