
करिब दुई साता लामाे चीन भ्रमण सम्पन्न गरी बाजुराकाे बुढीनन्दा नगरपालिकाका मेयर जनककुमार बाेहरा नेपाल फर्किएका छन्। भ्रमणका क्रममा चीनका विभिन्न शहर तथा स्थानीय सरकारका प्रतिनिधिसँग भेटघाट, विकास निर्माण, पूर्वाधार, कृषि तथा पर्यटन क्षेत्रका अभ्यासबारे अध्ययन गरिएको शुक्रबार साँझ मेयर बोहराले सामाजिक संजालमा चीन भ्रमणका क्रममा खिचेका तस्बिर सेयर गर्दै बताएका छन्।


मेयर बोहराले सामाजिक संजाल मार्फत यसपटककाे चीन भ्रमण उपलब्धिमूलक भएको बताए । उनले भ्रमणका क्रममा चीनको स्थानीय तह व्यवस्थापन, पूर्वाधार विकास र सार्वजनिक सेवा प्रवाहका असल अभ्यासबाट सिक्ने अवसर प्राप्त भएको बताए।
मेयर बोहराका अनुसार भ्रमणबाट प्राप्त अनुभवलाई नगरपालिकाको विकास र सेवा प्रवाहमा उपयोग गर्ने योजना रहेको छ।
विज्ञापन



फेसबुक प्रतिक्रियाहरु