होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडावडामा इन्टरनेट: बुढीगंगा नगरको डिजिटल सपना साकार हुँदै
समाचार

वडावडामा इन्टरनेट: बुढीगंगा नगरको डिजिटल सपना साकार हुँदै

  • नागरिक रैबार
वडावडामा इन्टरनेट: बुढीगंगा नगरको डिजिटल सपना साकार हुँदै

मदन विक-सूचना र सञ्चारमा सहजता पुग्न सके मात्र विकासको गति तीव्र हुन्छ, २०७९ सालकाे चुनावी घाेषणा पत्रमा लेखेकाे कुरा गाउँगाउँ टोलटोल सम्म पुगेर मतदातास‌ंग नगर प्रमुख रामबहादुर बानियाँले भनेका थिए । हाे आज त्यही सपना अहिले विस्तारै वास्तविकतामा रूपान्तरित हुँदैछ।

बुढीगंगा नगरपालिकाकाकाे प्रशासनिक कार्यालयसंगै वडा नम्वर १, ४, ५ र ६ नम्बर वडामा पहिले नै नेपाल टेलिकमको एनटी फाइबरकाे इन्टरनेट सेवा जडान गरिएको थियो ।  नगरका १० वटा वडा मध्ये बाँकी रहेका वडाहरूमा आजदेखि एनटी फाइबर नेटको लाइन विस्तारको काम सुरु गरिएको छ।

नगर प्रमुख बानियाँकै पहलमा २, ३, ७, ८, ९ र १० नं. वडामा पहिलो चरणमा इन्टरनेट सेवा पुर्‍याउने तयारी अन्तिम चरणमा पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

विज्ञापन

‘हाम्रो वाचा कागजमै सीमित नहोस् भन्ने चाहना थियो’, ‘नगरप्रमुख बानियाँ भन्छन्, ‘अब नगरका बासिन्दा सूचना प्रवाह र सञ्चार सुविधाबाट बन्चित हुने छैनन्।’

पहाडी भूगोल र सीमित भौतिक पूर्वाधारका कारण बुढीगंगा नगरपालिका सूचना प्रवाहमा पछाडि रहेको थियो। विद्यालयमा अनलाइन पढाइ, कार्यालयमा डिजिटल सेवा, वा साधारण मोबाइल प्रयोगकर्तासम्म-सबैका लागि इन्टरनेट अब आवश्यकता बनेको छ।

नेपाल टेलिकमको फाइबर लाइन बिछ्याउने कामसुरु भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ। ‘पहिले इन्टरनेट पाउन धेरै झन्झट हुन्थ्यो। अब गाउँमै फाइबर लाईन आउने भएपछि व्यवसायी र  विद्यार्थीहरुलाई पढाइमा सजिलो हुने स्थानीयले बताएका छन्।’

नगर प्रमुख बानियाँका अनुसार बुढीगंगालाई ‘डिजिटल नगरपालिका’ बनाउने लक्ष्य अन्तर्गत इन्टरनेट विस्तार पहिलो आधारशिला हो। उनले नगरका सबै वडामा चरणबद्ध रूपमा सेवा पुर्‍याउने योजना बनाएका छन्।

‘सूचना प्रवाहमा समान पहुँच हुन सके विकासका सबै क्षेत्रहरूमा समानता आउँछ’, उनले थपे, ‘नगरका युवालाई सीप विकास, विद्यार्थीलाई अध्ययन, र नागरिकलाई प्रशासनिक सेवामा सहजता पुर्‍याउने हाम्रो लक्ष्य हो।”

फाइबर लाइन बिछ्याउने क्रममा स्थानीयवासीलाई सहकार्यका लागि आग्रह गरिएको छ। नगरपालिकाले सडक, बिजुली पोल, र आवासीय क्षेत्रमा आवश्यक सहजीकरणका लागि वडासँग पनि समन्वय गरिरहेको जनाएको छ।

नगर प्रमुख बानियाँले भने, ‘यो काम नगरपालिकाको मात्रै होइन, सबै वडावासीको संयुक्त प्रयास हो। सबैको साथ र विश्वासले मात्र हाम्रो डिजिटल सपना पुरा हुनेछ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार