होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, पुस १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोल्टी क्षेत्रका नागरिकलाई राहत: अब कोल्टीमै राष्ट्रिय परिचयपत्र सेवा
देश/प्रदेश

कोल्टी क्षेत्रका नागरिकलाई राहत: अब कोल्टीमै राष्ट्रिय परिचयपत्र सेवा

  • नागरिक रैबार
कोल्टी क्षेत्रका नागरिकलाई राहत: अब कोल्टीमै राष्ट्रिय परिचयपत्र सेवा

बाजुराकाे कोल्टी क्षेत्रका नागरिकहरूले लामो समयदेखि भोग्दै आएको सास्तीको अन्त्य भएको छ। यसअघि राष्ट्रिय परिचयपत्र बनाउनका लागि मार्तडी जानुपर्ने बाध्यता रहेकामा अब उक्त सेवा काेल्टीबाटै हुने भएकाे हाे। अबदेखि अनलाइन प्रणालीमार्फत कोल्टीमै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था सुरु हुने भएकाे बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बाेहराले जानकारी दिए ।

यससँगै अफलाइन प्रक्रियाबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने बाध्यता पनि हटेको छ। अब नागरिकहरूले आफ्नै स्थानीय क्षेत्रमा सहज, छिटो र सरल रूपमा सेवा प्राप्त गर्न सक्ने भएका छन्, जसले समय, खर्च र झन्झट सबैमा उल्लेखनीय कमी ल्याउनेछ नगरप्रमुख बाेहराले भने, उनका अनुसार देशभरका स्थानीय तहहरूमध्ये बुढीगंगा नगरपालिका राष्ट्रिय परिचयपत्र सेवाका लागि आवश्यक उपकरण (राउटर) उपलब्ध हुने पहिलो नगरपालिका बनेको हाे।

यस उपलब्धिले डिजिटल प्रविधिमार्फत सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै स्थानीय तहमा सेवा सुदृढीकरणतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको छ। यस महत्वपूर्ण कार्य सफल बनाउन सहयोग पुर्‍याउने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक  लगायत सम्पूर्ण टिमप्रति नगरप्रमुख बाेहराले धन्यवाद व्यक्त गरेका छन्। निरन्तरकाे सक्रियता र प्रतिबद्धताले दुर्गम क्षेत्रका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयवासीहरूको भनाइ छ।

विज्ञापन

स्थानीय तहमा सेवा विस्तारसँगै अब नागरिकहरूलाई आधारभूत पहिचानसम्बन्धी सेवा लिन टाढा–टाढा धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

अघिल्लो समाचार

Arabian nights online casino
Arabian nights online casino

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार