होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुर्गा प्रसाईँले तत्काल आन्दोलन नगर्ने
समाचार

दुर्गा प्रसाईँले तत्काल आन्दोलन नगर्ने

  • नागरिक रैबार
दुर्गा प्रसाईँले तत्काल आन्दोलन नगर्ने

काठमाडौँको तीनकुनेमा २०८१ चैत १५ मा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईँले छठपछि फेरी आन्दोलन गर्ने उद्घोष गरे । प्रसाईँको उद्घोषपछि उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एसएसपीहरूले छलफल गरेका छन् ।

कात्तिक ९ मा भएको छलफल र त्यसपछिको संवादमा प्रसाईँ आन्दोलनका कार्यक्रम पछि सार्न सहमत भएका छन् ।

प्रसाईँसँगको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, एसएसपी रमेश थापा, ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, एसएसपी होविन्द्र बोगटी र भक्तपुरका प्रजिअ नमराज घिमिरे सहभागी थिए ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईँले सबै कर्मचारीको तलब १ लाख बनाउने बताउँदै आएका छन् । बबरमहल स्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको छलफलमा पनि उनले त्यही कुरा बताएका थिए ।

तर, प्रजिअ र उपत्यकाका प्रहरी कमाण्डरहरुले आफ्ना माग वार्ताको माध्यमबाट राख्न आग्रह गरेपछि उनी गृहमन्त्री र प्रधानमन्त्रीसँग ‘वार्ता’ गर्न सहमत भएका हुन् ।

छठपछि गर्ने भनिएको प्रदर्शन तत्काल नगर्न प्रसाईँ सहमत भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दान बहादुर कार्कीले रातोपाटीलाई बताए ।

उनले भने, ‘सुरक्षा चुनौती हिजो भन्दा आज फरक भएको छ, बदलिएको परिस्थितिमा उनी आफ्ना कुरा संवादको टेबलमा राख्न सहमत हुनुहुन्छ ।’

छलफलमा सहभागी अधिकारीहरूका अनुसार तत्काल ‘आन्दोलन गर्दिंनँ’ भनेर प्रसाईँले स्थानीय प्रशासनसँग कमिटमेन्ट गरेका छन् ।

ती अधिकारीका अनुसार प्रसाईँले वार्ताबाट समस्याको समाधान नभए मंसिर दोस्रो साता मात्र आन्दोलन गर्ने बताएका छन् । साइत हेरेर उनले मंसिर दोस्रो साता आन्दोलनको मिति घोषणा गर्ने छलफलमा बताएका हुन् ।

पूर्वराजाको समर्थनमा तीनकुनेमा आयोजना गरिएको प्रदर्शन बिथोलिएपछि उनी बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा चढेर भारत भागेका थिए । प्रसाईँलाई प्रहरीले आसामबाट पक्राउ गरेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि