नागरिक रैबार/बाजुरा १२ बैशाख।बाजुराकाे बुढीगंगा नदीमा हाम फालेका एक युवककाे डुबेर मृत्यू भएकाे छ । पितृ कार्यका लागि त्रिवेणी नगरमालिकाकाे मौरे त्रिवेणी धाममा पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षिया गणेश नेपालीको बुढीगंगा नदिमा डुबेर मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीका अनुसार पितृ आए भनेर बुढीगंगा नदीमा हाम फालेकी ३२ वर्षकी अञ्जली नेपालीलाई बचाउन गएका नेपालीको नदीमा डुबेर मृत्यु भएको हो ।
नदीमा गएर पुतली ल्याउछु भनेर देवता आएपछि अञ्जलीले हाम फालेको र उनलाई बचाउन भन्दै गएका युवक नेपालीको मृत्युु भएकाे प्रहरी नायव उपरीक्षक गिरिले भनाई छ । मृतक गणेशलाई अछामको बयालपाटा अस्पतालमा मृत घोषणा गरेकाे बुझिएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु