नागरिक रैबार/बाजुरा १३ बैशाख। बाजुराको बुढीनन्दा नगरपालिकास्थित कोल्टीमा जारी प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ मा भोलि बैशाख १३ गते प्रमुख आकर्षणका रुपमा चर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ ।
बैशाख ५ गतेबाट संचालन भएको उक्त महोत्सवको नवौ ंदिन अर्थात भोली मगरको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिका कार्यक्रम संयोजक महेश कार्कीले बताएका छन् । त्यस्तै भोलि नै गायक तथा मोडल पर्वत जैगडी, डान्सर झरना विक, र संगित सुनारको प्रस्तुति रहने आयोजकले बताएको छ ।
त्यस्तै आज चर्चित गायक चक्र बम लगायतका यसै क्षेत्रका गायक नवराज भण्डारी, डान्सर राजेश पायल विक, मधु विश्वकर्मा र गायक किरन सुनार लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ । महोत्सव अवधिभर स्थानीय तथा देशका चर्चित कलाकारहरुसंग दर्शक श्रोताहरुले भरपुर मनोरन्जन लिने गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु