नागरिक रैबार/बाजुरा ८ साउन। हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा थप एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा अन्दाजि वर्ष ३५ कि जुनेली राेकाया रहेकी छन् ।
यस अघि जीप दुर्घटनामा परेर हिमाली गाउपालिका ५ की अन्दाजी ६० बर्षिया बाचा रोकाया, अन्दाजी ६५ की विजौरा रोकायाकाे घटना स्थलमै मृत्यु भएको थियाे ।
बिहीवार बिहान वडा नम्बर ५ किउडीबाट धुलाचौर आउँदै गरेको जीप दर्घटना भएको थियो । हिमाली गाउँपालिका २ बसने अन्दाजी २२ बर्षका गौरी बुढाले चलाएको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप कच्ची साघुँरो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
त्यस्तै, जीपमा सवार १९ जना रहेको र चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार घाइते मध्ये १३ जनाको अवस्था गम्भिर छ । सामाजिक सुरक्षा भत्ता नविकरणका लागि वडामा आउन लागेका उनीहरु दुर्घटनामा परेका हुन् । त्यस्तै प्रहरीका अनुसार घाइतेहरुलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु