होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, फाल्गुन २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड सुरु
स्वामीकार्तिक

बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड सुरु

पूर्व प्रदेश प्रमुख जोशीले गरे उद्घाटन

  • नागरिक रैबार
बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड सुरु

नागरिक रैबार/बाजुरा १२ फागुन। जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सूरु भएको छ ।
जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो ।

प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका पुर्व परदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् ।

३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने जिल्ला खेलकुद समिति बाजुराले जानकारी दिएको छ ।

विज्ञापन

प्रतियोगितामा लमजम्प, हाइजम्प, ट्रिपल जम्प, १ सय मिटर, २ सय मिटर, चार सय रिले, ८ सय मिटर, १५ सय र ३ हजार मिटर दौड,भलिवल छात्रछात्रा,कबड्डी लगायतका खेल संचालन हुने जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले जानकारी दिएका छन् ।

प्रतियोगिता बुढीगंगा नगरपालिकाको भानोदय माद्यमिक विद्यालयको खेलमैदानमा संचालन भएको छ । प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका विद्यार्थीहरु सहभागि भएका छन् ।

जिल्ला खेलकुद समितिका अध्यक्ष राकेश थापाको अध्यक्षतमा संचालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथी रहेका छन् ।

कार्यक्रममा पुर्व उद्योगमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा,पुर्व प्रतिनिधी सभाका सदस्य लालबहादुर थापा,संविधान सभाका पुर्व सदस्य बसुन्धरा रोकाया विशिष्ट अतिथी रहेका थिए ।

यस्तै जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया,९ वटै स्थानीय तहका प्रमुख उप प्रमुख, अध्यक्ष उपाध्यक्ष,प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय,नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी,जिल्लास्थित राजनितिक दलका प्रमुख,नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष सहित पत्रकारहरु, सहित सुरक्षा निकायका प्रमुख लगायत अतिथी रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार