होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विपद्को समयमा खोज, उद्धार र राहत पठाउन ड्रोन प्रयोग गरिने
देश/प्रदेश

विपद्को समयमा खोज, उद्धार र राहत पठाउन ड्रोन प्रयोग गरिने

  • नागरिक रैबार
विपद्को समयमा खोज, उद्धार र राहत पठाउन ड्रोन प्रयोग गरिने

काठमाडौँ । सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ ।

मंगलबार गृह मन्त्रालयमा विपद् प्रतिकार्यमा मानवरहित ड्रोन प्रयोग सम्बन्धमा राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ/नेपाल ड्रोन संघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार प्राधिकरणको समन्वयमा संघले निशुल्क विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिए । कुनै ठाँउमा विपद् भए ड्रोन प्रयोग गरेर खोज र उद्धारका साथै आवश्यकताका आधारमा राहत समेत उपलव्ध गराउन सकिने उनले बताए ।

गृहमन्त्री लेखकले अहिले बिपद्को प्रतिकार्य खोज, उद्धार राहतका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको उल्लेख गरे ।

विपद्को पूर्वसुचना प्रणालीलाई चुस्तदुरुस्त राख्ने काममा मन्त्रालय निकै अगाडी बढिसकेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै