नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्धामा कैद फैसला भएका बुढीगंगा नगरपालिका-६ का गोपाल विक अदालत परिसरबाट शुक्रबार दिउसो हतकडीसहित भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाजुराले चाेरी मुद्धामा कैद फेसला भएका विकलाई फागुन ९ गते बिहान पक्राउ गरी बाजुरा जिल्ला अदालतमा पेश गर्ने क्रममा प्रहरीलाई शाैचालय जान्छु भनेर हतकडी सहित भागेका थिए । अदालत परिसरबाट भागेका उनलाई १ घण्टापछी मार्तडी बजारभित्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
विकलाई ग्याविनको जाली चोरेको आरोपमा ०८० माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । उजुरी पश्चात ०८१ जेठ २७ गते बाजुरा जिल्ला अदालतले विकलाई दोषी ठहर गरी ९ महिना कैद सजाय हुने गरी फैसला गरेको थियो ।
२० दिन हिरासत बसेर ८ महिना १० दिन कैद भुक्तान हुन बाँकी रहेको अवस्थामा पक्राउ गरी अदालत उपस्थित गराएर कारागार चलानका लागि प्रक्रियामा रहेको बेला अदालत परिसरबाटै भागेका थिए । अभियुक्त विकलाई प्रहरीले पक्राउ गरेर बाजुरा जिल्ला अदालतबाट अनुमति लिएर कारागार चलान गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु