नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविसका स्थानीय नागरिकहरु अध्याँरोबाट मुक्त भएका छन् ।
पुस्तौदेखि अँध्यारोमा रात विताउँदै आएका हिमाली गाउँपालिकाको १, २, ३ नम्वर वडा साविकको विच्छ्या गाविसका ६ सय ८२ घरपरिवार विद्युत सेवा उपभोग गर्न पाउने भएका हुन् ।
त्यस्तै वडा नम्बर ५ स्थित क्युडी गाउँका १ सय २० परिवारका घरमा भने आगामी दशैसम्म बिजुली बाल्ने गरि काम भईरहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताएका छन् ।
हिमाली गाउँपालिकाको सहकार्य र कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल’ संस्थाको आर्थिक सहयोगमा उक्त क्षेत्रका नागरिकहरुका लागि बिजुली बाल्ने काम पुरा भएको गाउँपालिका अध्यक्ष मल्लको भनाई छ ।
आइतबार एक कार्यक्रमका विच कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल’ संस्थाले नातीखोला जलविद्युत योजना वडा नम्वर १, २ र ३ नम्वरका उपभोक्तालाई हस्तान्त्रण गरेको थियो ।
करिव १४ करोड ५५ लाख रुपैयाँमा १ किलोवाट क्षमताको विद्युत सेवा सूचारु भएको गाउँपालिकाले जनाएको छ ।
पुस्तौदेखी अँध्यारोमा बस्दै आएका यस क्षेत्रका नागरिकहरुले गाउँमा पहिलोपटक बिजुली बाल्न पाएपछि निकै उत्साहित र खुसी भएका छन् ।
हिमाली गाउँपालिकाको २ स्थित नातिखोला लघुजलविद्युत आयोजनाबाट उत्पादन भएको बिजुली बाट विच्छ्याबासीसंगै कर्णाली प्रदेशको हुम्ला जिल्ला ताँजाकोट गाउँपालिकाको मासफुर बस्तीका नागरिकहरु समेत लाभान्वित हुने छन् ।
फेसबुक प्रतिक्रियाहरु