होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • युवालाई निर्घात् कुटपिट गर्ने असइ बुद्धिबहादुर भुजेल निलम्बित
देश/प्रदेश

युवालाई निर्घात् कुटपिट गर्ने असइ बुद्धिबहादुर भुजेल निलम्बित

  • नागरिक रैबार
युवालाई निर्घात् कुटपिट गर्ने असइ बुद्धिबहादुर भुजेल निलम्बित

काठमाडौं : प्रहरीले युवकलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर भुजेललाई निलम्बन गरेको छ। चितवन प्रहरी प्रमुख गौतम मिश्रले घटनामा संलग्न भुजेललाई निलम्बन गरिएको बताए।

असइ भुजेलले एक सर्वसाधारण युवकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले चितवन प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको थियो। लगत्तै चितवन प्रहरीले अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

चितवन प्रहरीले छानबिन गर्दा असइ भुजेल दोषी ठहर गरेपछि उनलाई निलम्बन गरिएको हो। राति गस्तीमा गएको बेला ती युवासँग प्रहरीको सामान्य भनाभन भएको थियो। सोही क्रममा ती युवकले कसैलाई फोन गर्न लागेपछि भुजेलले पावर देखाएको भन्दै उनलाई निर्घात कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ। उक्त घटना पुस १५ गते रातिको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार