नागरिक रैबार/बाजुरा ६ चैत्र । बाजुरामा विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार दिउसो बुढीगंगा नगरपालिका वडा नम्वर ७ मा ३३ केभिए लाईनमा माथिबाट टुणीको रुख ढलेर अवरुद्ध भएको हो । अहिले सो ठाउँमा विद्युतका कर्मचारीहरु खटिएर मर्मत कार्य भईरहेको बाजुरा वितरण केन्द्रले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु