होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सशक्त प्रस्तुत हुने आईजीपी थापाको घोषणा
समाचार

सशक्त प्रस्तुत हुने आईजीपी थापाको घोषणा

  • नागरिक रैबार
सशक्त प्रस्तुत हुने आईजीपी थापाको घोषणा

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवामा रहँदासम्म सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् ।गृह मन्त्रालयमा आज दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

प्रहरी महानिरीक्षक बन्न पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उनले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रहरी संगठनलाई नागरिकमैत्री बनाउन सहयोग पाइराख्ने उनले विश्वास व्यक्त गरे ।उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।

मंगलबार बिहान गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न लगाइदिए । उनले आजै प्रहरी प्रधान कार्यालय नक्शाल गएर पदभार ग्रहण गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार