होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • स्वामीकार्तिक जोड्ने मोटरेवल पुल निर्माणका लागि २ करोड बजेट
बाजुरा बिशेष

स्वामीकार्तिक जोड्ने मोटरेवल पुल निर्माणका लागि २ करोड बजेट

  • नागरिक रैबार
स्वामीकार्तिक जोड्ने मोटरेवल पुल निर्माणका लागि २ करोड बजेट

नागरिक रैबार/बाजुरा ३असार।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक संजालमा जोड्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले सुईजिउला–पिलुचौर मोटरेवल पक्की पुल निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा स्वामीकार्तिक खापर गाउँपालिकाको सईजिउला र जगन्नाथ गाउँपालिकाको पीलुचौर कर्णाली मोटरेवल पक्की पुल निर्माण गर्नका लागि २ करोड बजेट विनियोजन गरेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए ।

प्रदेश बाट प्रस्तावित काम्ति स्टिल ब्रिज ३ पटक टेण्डर गर्दा पनि भौगोलिक कठिनाईका कारणले बन्न नसकेको र स्वामिकार्तिक खापर गाउँपालिका ४ वाई बाँधुमा बन्ने पक्की पुल पनि बन्न कठिन भएको हुदाँ गाँउपालिका लाई सडक संजाल संग जोड्नका लागि प्रदेश सरकारले २ करोड बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

विज्ञापन

कर्णाली पारीको गाउँपालिकालाई सडकसंजाल संग जोड्ने गरी सुदूरपश्चिम प्रदेश सरकारबाट क्रमागत रुपमा लगानी गर्ने गरी बजेट विनियोजन गरेपछि स्थानीयहरु खुशी भएका छन् ।

कर्णाली नदिमा मोटरेवल पक्की पुल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसंग आग्रह गर्दा पहिलो चरणमा २ करोड बजेट विनियोजन भएको गाउँपालिकाका अध्यक्ष रोकायाको भनाई छ ।

गाउँपालिकाका अध्यक्ष रोकायाका अनुसार पिलुचौर बाट स्वामीकार्तिकको सुईजिउला सम्मको कर्णाली नदिमा मोटरेवल पक्की पुल निर्माणका लागि करिव ४० करोड बढी बजेट लाग्ने भएको छ ।

४ वर्ष अगाडी गाउँपालिकालाई पहिलोपटक सडक संजालसंग जोड्ने गरी स्वामीकार्तिक खापर गाउँपालिकाको लगानीमा सुइजिउला र पिलुचाैर कर्णाली नदिमा फेरी निर्माण गरेर हिउँदको समयमा सवारी साधानहरु संचालन हुँदैआएको थियो ।

कणाली नदिमा पानीको बहाव बढेपछि गाउँपालिका अहिले सवारी साधान संचालनमा कठिनाई भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका जिल्लाको एक मात्रै सडकसंजाल संग नजोडिएको पालिका हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै