होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमै प्रदर्शन गर्ने
देश/प्रदेश

बैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमै प्रदर्शन गर्ने

  • नागरिक रैबार
बैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमै प्रदर्शन गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

‘पूर्वघोषित मिति बैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । ९ गते ७७ ओटै जिल्लामा विरोधसभा, धर्ना र प्रदलर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।’ अध्यक्ष लिङ्देनले भने ।

Dish HomeGlobal Ime Bank
त्यस्तै उनले आन्दोलन र पार्टी संगठन विस्तालाई सँगसँगै लैजाने निर्णय गरिएको जानकारी दिए ।
‘उपत्यकामा हामीले सँगसँगै सबै वडा तहसम्म सबै नेता पुग्ने र संगठनलाई अझौ मजबुत बनाउने र आन्दोलन केन्द्रित बनाउने निर्णय गरेको छ ।’

अध्यक्ष लिङ्देनले आफ्ना नेताहरु रविन्द्र मिश्र, धवलशमशेर राणा तथा अन्य नेताहरुलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । उनीहरु चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि पक्राउ परेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार