होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पोखरा विमानस्थल निर्माणमा अर्बौँ भ्रष्टाचार भएको निष्कर्ष
Breaking News

पोखरा विमानस्थल निर्माणमा अर्बौँ भ्रष्टाचार भएको निष्कर्ष

  • नागरिक रैबार
पोखरा विमानस्थल निर्माणमा अर्बौँ भ्रष्टाचार भएको निष्कर्ष

काठमाडौँ । पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

उपसमितिका संयोजक सांसद राजेन्द्र लिङ्देनले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमिता र भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अध्ययन र दोषिलाई कारावही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

‘पोखरा विमानस्थल निर्माणमा ठूलो अंकको भ्रष्टाचार भएको र भ्रष्टाचार गर्नकै लागि बिभिन्न नीतिगत निर्णय गरेको समेत पाइएको छ । १४ अर्बको लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पुर्याइएको छ । महालेखाको प्रतिवेदनले पनि २ अर्बको भ्रष्ट्रचार औँल्याएको छ । यसको अंक ठूलो हुन आउँछ ।’ लिङ्देनले भने ।

अध्ययनका क्रममा कर छुट दिएर आर्थिक अनियमितता गर्ने काम भएको , निर्माण कार्यक्रममा कमशल सामाग्री प्रयोग गरिएको लगाएतका भ्रष्टाचारका काम देखिएको लिङ्देनले बताए । उपसमितिले विमानस्थललाई पूर्णरुपमा निर्माण गरेर व्यवसायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सुझाव दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार