होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • ट्राभल
  • बन्द गरिएको साँफे-मार्तडी सडक खण्ड पुन: सुचारु
ट्राभल

बन्द गरिएको साँफे-मार्तडी सडक खण्ड पुन: सुचारु

  • नागरिक रैबार
बन्द गरिएको साँफे-मार्तडी सडक खण्ड पुन: सुचारु

नागरिक रैबार/बाजुरा ५ फागुन। सोमबार विहानदेखि बन्द गरिएको साँफे-मार्तडी सडक खण्ड खुलेको छ । बसको ठक्करबाट बालकको मृत्यु भएपछि बन्द गरिएको सडक आईतबार साँझ ७ः३० बजेबाट खुलेको छ ।

प्रहरी र पीडित पक्षबीच भएको वार्तापछि सडक सुचारुका लागि सहमति भएको हो । आफन्तलाई सम्झाई बुझाई गरेपछि सडक सुचारु गर्ने सहमति भएको प्रहरी नायव उपरिक्षक दिलिप गिरीले बताएका छन् ।

बस समितिका मान्छेसँग पीडक पक्ष समेत बसेर वार्ता गर्ने गरी धनगढीबाट समितिका व्यक्तिहरु हिडेपछि उनीहरु सहमति गर्न तयार भएका हुन् ।

विज्ञापन

बसको ठक्करबाट बुढीगंगा नगरपालिका-१ अम्कोट अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मत्युपछि सडक अवरुद्ध गरिएको हो ।

धनगढीबाट सदरमकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले ८ वर्षीय बालक नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा उपचार क्रममा आईतबार बिहान मृत्यु भएको थियो ।

मृत्यक बालककी गर्भवती आमाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत रेफर गरेर उपचार भईरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार