होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • स्वामीकार्तिकमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाहीलाई
देश/प्रदेश

स्वामीकार्तिकमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाहीलाई

  • नागरिक रैबार
स्वामीकार्तिकमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाहीलाई

नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पारस बहादुर शाहीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

गाउँपालिकाको निर्णय बमोजिम मन्त्रालयले शाहीलाई पालिकाको आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिएका छन् । शाहीलाई मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्मका लागि आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको उनले बताएका हुन् ।

जिम्मेवारी पाएका शाही यसअघि गाउँपालिकाको स्वास्थ्य संयोजकको रुपमा काम गर्दै आएका थिए ।  शाही यसअघि पनि २०७७ चैत्रदेखि ०७९ असारसम्म  निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेका थिए ।

विज्ञापन

गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले प्रशासकिय अधिकृतको टुंगो लागेसँगै पालिकामा विकास निर्माण सहित आर्थिक तथा प्रशासनिक कार्य तीव्र रुपमा सञ्चालन हुने बताएका छन् ।

गाउँपालिकाका अध्यक्षमाथि विभिन्न आरोप लगाउँदै फागुन १९ गते नेकपा एमाले र एकिकृत समाजवादी निकट नेता तथा कार्यकर्ताहरुले तालाबन्दी गरेका थिए । त्यसै दिन पालिका अध्यक्ष कार्यालयकै कामको शिलशिलमा जिल्ला बाहिर गएका थिए ।

त्यसको करिब १० दिनपछि पालिका अध्यक्ष पुगेर फागुन २८ गते पालिका भित्रका सबै दलका नेताहरु, जनप्रतिनिधी र अन्य सरोकारवाला पक्षबीचको आपसी समझदारीपछि ताला खुलाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार