होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, फाल्गुन ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • यात्रा
  • बाजुरामा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यू
यात्रा

बाजुरामा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यू

  • नागरिक रैबार
बाजुरामा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यू

नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यू भएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो  ।

मृत्यु हुनेमा सोही नगरपालिका-१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेबको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ घाइते भएका बालकको बाजुरा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

विज्ञापन

सोही बसको ठक्करबाट मृतककी आमा ३५ वर्षीया विस्ना पाध्याय पनि घाइते भएकी छन् । घाइते पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको पू्रहरी नायव उपरिक्षक गिरीले बताएका छन् ।

प्रहरीले बस चालक ४० वर्षीय उपेन्द्र मडै र बस नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक गिरीको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार