नागरिक रैबार/बाजुरा १ असार। बाजुराकाे मार्तडी – काेल्टी सडक अवरुद्ध भएकाे छ ।
मार्तडी -काेल्डी सडक अन्तरगत बडीमालिका नगरपालिका ७ काे पैंयाचाैर नजिकैकाे सडक माथिबाट पहिराे खसेपछि आईतबार विहानदेखि सडक अवरुद्ध भएकाे हाे ।
सडक अवरुद्ध भएपछि मार्तडी देखि काेल्टी र काेल्टी देखि मार्तडीसम्मकाे यातायात सेवा प्रभावित भएकाे छ ।
काेल्टीबाट सदरमुकाम र सदरमुकाम मार्तडी बाट काेल्टी तर्फ जाने यात्रुहरू विच बाटाेमा अलपत्र परेका छन् ।
सडक अवरुद्ध भएकाे करिव ६ घण्टा वित्न लाग्दा समेत सम्वन्धित निकायले चासाे नदेखाएको यातायात ब्यवसायीले गुनासाे गरेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले पहिराेले अवरुद्ध सडक खुलाउनका लागि बडीमालिका नगरपालिकाकाे जसिविका लागि कुरा भईरहेकाे बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु