नागरिक रैबार/बाजुरा १ असार। भारतीय राजदुताबासले बाजुराको हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई उपहार स्वरुप एम्बुलेन्स हस्तान्तरण गरेको छ।
शनिबार काठमाडौंमा एक औपचारिक कार्यकमका बीच नेपालस्थित भारतीय राजदूतावासले हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
उक्त एम्बुलेन्स खप्तड छेडेदहकी उपाध्यक्ष विशुदेवी नाथ र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बुझेका हुन् ।
नेपाल–भारत विकास साझेदारी अन्तर्गत एम्बुलेन्स उपलब्ध गराईएका हुन् । हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले लामो समयको पहलपछि गाउँपालिकाले एम्बुलेन्स पाएकोमा खुसी व्यक्त गरेका छन् । हिमालीमा एउटा एम्बुलेन्स सञ्चालनमा रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु