होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, माघ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • स्वामीकार्तिक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी शम्भु सुनन्दा माविले उचाल्यो
खेलकुद

स्वामीकार्तिक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी शम्भु सुनन्दा माविले उचाल्यो

  • नागरिक रैबार
स्वामीकार्तिक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी शम्भु सुनन्दा माविले उचाल्यो

नागरिक रैबार/बाजुरा १ माघ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताको उपाधि वडा नम्वर ३ जुकोटमा रहेकाे शम्भुसुनन्दा माविले उचालेको छ । राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ पु २५ गतेबाट सञ्चालन भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेर शम्भुसुनन्दा माविले जितेको हो ।

शुनन्दा माविले १० स्वर्ण ७ रजत ८ कास्य गरि २५ पदक प्राप्त गरेर पालिका स्तरीय शिल्ड जितेकाे हाे । त्यस्तै ८ स्वर्ण,१० रजत र ४ कास्य सहित २२ पदक प्राप्त गरेर कुलादेवि मावि बर्कु द्वितिय भएको छ, भने ६ स्वर्ण,७ रजत र ८ कास्य सहित २१ पदक प्राप्त गरेर स्वामिकार्तिक मावि वाई तृतिय भएको छ ।त्यस्तै शम्भु शुनन्दा मा.वि. जुकुले ३ स्वर्ण,३ रजत र ८ कास्य सहित १४ पदक प्राप्त गरेकाे छ । भैरवनाथ मा.वि. ले ३ स्वर्ण,० रजत,र ४ कास्य सहित ७ पदक र राघुमाता मा.वि. साप्पाटाले ० स्वर्ण,३ रजत र २ कास्य सहित ५ पदक ल्याएकाे छ ।

गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलमा प्रथम ,दोस्रो र तेस्रो स्थान हासिल गर्ने विधालयलाई कप,मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियाे। त्यस्तै विधार्थिहरुलाई पुरस्कार स्वरूप प्रथम हुनेलाई गोल्ड मेडल दोस्रोलाई कास्य मेडल र तेस्रो लाई रजत मेडल प्रदान गरिएको गाउँपालिकाकाे शिक्षा तथा युवा खेलकुद शाखाले जनाएको छ । त्यस्तै प्रतियाेगिता अबधिभर खेललाई सहजिकरण गर्ने खेल प्रशिक्षकहरुलाई पनि प्रमाणपत्रले सम्मान गरिएको थियाे ।

विज्ञापन

May be an image of 8 people and text

 प्रतियोगितामा भलिवल,कवड्डी लगायत एथ्लेटिक्स तर्फका सम्पुर्ण विधाका खेलहरु खेलाईएकाे थियाे । पालिकाभरिका ६ वटा बिद्यालयका बिद्यार्थीहरु बिच भलिवल,कबड्डि लगायत एथ्लेटिक्स तर्फका खेलहरुमा प्रतिस्पर्धा गराइएकाे थियाे।

गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगितामा समापन कार्यक्रममा पालिका अध्यक्ष भरत बहादुर राेकाया,उपाध्यक्ष सुलाेचना भण्डारी ( बुढा) निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर राेकाया,जनप्रतिनीधि, पूर्व जनप्रतिनीधि, शिक्षक, विद्यार्थी,लगायत स्थानीयको सहभागीता रहेकाे थियाे।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार