नागरिक रैबार/बाजुरा ३० माघ। बाजुरामा एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ६ की अन्दाजी १६ बर्षीय बालिकामाथि माघ २१ गते साँझ सामुहिक बलत्कार भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बालिकालाई सडकमा हिँडिरहेको बेला सोहि वडाका अन्दाजी २५ बर्षका मार्सल थापा, २३ बर्षका किरण थापा र ४० बर्षका दिर्घ थापा गरि ३ जनाले जवरजस्ती गरेर सामुहिक बलत्कार गरेको प्रहरीले जनाएको छ ।
घटना घटेको ४ दिनपछि पिडित पक्षले २५ माघमा ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पिडित पक्षको जाहेरी पश्चात घटनामा संलग्न रहेका आरोपित तीनै जना अहिले फरार रहेका छन् । सो घटनाबारे अनुसन्धान र आरोपितहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु