नागरिक रैबार/बाजुरा २८ पुस।बाजुरा बुढीगंगा नगरपालिकाको ११ औं हिउँदे नगर सभा आइतबारबाट सुरु भएको छ ।
“शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र पुर्वाधार,सुरक्षित र समृद्धक बुढीगंगा विकासको आधार” भन्ने मुल नारा सहित सभा संचालन गरिएको हो ।
हिउँदे नगर सभामा नगर प्रमुख तथा सभाका अध्यक्ष रामबहादुर बानियाँले सभामा निती, ऐन कार्य विधीहरुमा सभाका पेश गरिएको नगरपालिकाले जनाएको छ ।
हिउँदे नगर सभामा नगर प्रमुख बानियाँले सभामा पेश गरेका कार्य सूचीहरुका विषयमा सभाका सदस्यहरुले कार्य सूची माथि छलफल गरिरहेका छन् ।
नगर सभामा नगर प्रमुख रामबहादुर बानियाँ,उप प्रमुख माया खड्का (कुँवर), दशै वटै वडाका वडा अध्यक्ष,कार्य पालिका सदस्य,नगर सभाका सदस्यहरु सहभागी छन् ।
फेसबुक प्रतिक्रियाहरु