होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, माघ २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • बाजुराबाट यस वर्षको एसईईमा ३ हजार बढी परिक्षार्थी सहभागी हुने
शिक्षा

बाजुराबाट यस वर्षको एसईईमा ३ हजार बढी परिक्षार्थी सहभागी हुने

  • नागरिक रैबार
बाजुराबाट यस वर्षको एसईईमा ३ हजार बढी परिक्षार्थी सहभागी हुने

नागरिक रैबार/बाजुरा २९ माघ। बाजुराबाट  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ हजार बढी परिक्षार्थीहरु  सहभागी हुने भएका छन् ।

आगामी चैत ७ गतेबाट सञ्चालन हुने उक्त परिक्षामा बाजुराबाट नियमित र ग्रेडवृद्धि तर्फ गरी करिव ३ हजार १७ विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराले सोमवार एसईईमा सहभागी हुने विद्यार्थी संख्या र परीक्षा केन्द्र सार्वजनिक गरेको छ । जस अनुसार एसईई परीक्षामा साधारणतर्फ नियमित २ हजार २ सय १५ र ग्रेडवृद्धिका ६ सय ४२ विद्यार्थी सहभागी हुने छन् ।

विज्ञापन

त्यस्तै प्राविधिक धारतर्फ १ सय २ नियमित र ३३ जना ग्रेडवृद्धिका सहभागी हुने छन् । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकाराम जोशीका अनुसार जिल्लाका ९ वटै पालिकाका १७ वटा विद्यालयमा एसईईको परीक्षा केन्द्र तोकिएको बताएका  छन् ।

उनका अनुसार १५ वटा परीक्षा केन्द्रबाट गत बर्षका ग्रेडवृद्धि तथा यस बर्षका नियमित विद्यार्थी परीक्षा दिने छन् भने प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि बालमन्दीर आधारभूत विद्यालय मार्तडी परीक्षा केन्द्र (क) तोकिएको छ ।

त्यस्तै शिक्षा इकाईले जारी गरेको सूचनाअनुसार २०७८ र ०७९ मा नियमित एसइईमा सहभागी भई २०८१ मा ग्रेडवृद्धितर्फ पुराना प्रश्नपत्रको परीक्षा दिने २५ विद्यार्थी छन् । तिनीहरु रहेका जिल्लाका १६ वटा विद्यालयका लागि बालमन्दीर आधारभूत विद्यालय मार्तडी परीक्षा केन्द्र (ख) तोकिएको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै