होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, माघ ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका छाउपडी गोठ मुक्त नगर घोषणाको तयारी तिव्र पारिदै
Breaking News

बडीमालिका छाउपडी गोठ मुक्त नगर घोषणाको तयारी तिव्र पारिदै

वडावडामा छाउपडीगोठको अनुगमन गरिदै

  • नागरिक रैबार
बडीमालिका छाउपडी गोठ मुक्त नगर घोषणाको तयारी तिव्र पारिदै

नागरिक रैबार/बाजुरा २९ माघ । बाजुराको बडीमालिका नगरपालिकालाई नै छाउगोठ मुक्त नगर घोषणा गर्नका लागि तयारी तिव्र रुपमा भईरहेको छ ।

समाजमा कुरितिका रुपमा रहेको छाउपडि प्रथालाई अन्त्य गर्नका लागि नगरपालिकाले सेवा क्षेत्र भित्रका वडाहरुलाई पहिलो चरणमा छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी गरेको छ ।

नगरपालिकाले २, ३, ४, ५, ६ र ९ नम्वर वडालाई यस अघि नै छाउपडी गोठमुक्त वडा घोषणा गरिसकेका छन् । बाँकी रहेका १, ७ र ८ नम्वर वडालाई आगामी बैशाख मसान्तभित्र छाउपडी गोठ मुक्त वडा घोषणा गर्ने र यो आर्थिक वर्ष भित्र छाउगोठ मुक्त नगरपालिका घोषणा गर्ने गरी तयारी तिव्र रुपमा अगाडी बढाईएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

विज्ञापन

छाउपडी गोठमुक्त नगर घोषणा गर्नु पुर्व अहिले १,७ र ८ नम्वर वडाका बस्तिहरुमा छाउगोठ र छाउपडीहरुको रहनसहन बारे स्थलगत रुपमा अनुगमन गर्न थालिएको छ ।

सोमबार बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाको नेतृत्वमा खटिएको अनुगमन टोलीले वडा नम्वर ७ मा रहेको रजातोली, सिराडी, पोख्रा, गोपीसेरा, माउलेख लगायतका बस्तीमा छाउपडी गोठको अवस्था बारे जानकारी लिईएको छ ।

कुरीतिको रुपमा रहेको छाउपडी प्रथालाई समाजबाट अन्त्य गर्नका लागि नगरपालिकाले सेवा क्षेत्रभित्र रहेका वडाहरुमा छाउपडी गोठको वर्तमान अवस्था र महिनावारी भएका बेला महिलाहरुले भोग्नु परेको समस्यालाई मध्येनजर गर्दै त्यसको अन्त्यका लागि अहिले अभियानका साथ अगाडी बढेको छ ।

७ नम्वर वडामा गरिएको अनुगमनका क्रममा महिनावारी भएका बेला छाउपडी महिलाहरुका लागि घर भन्दा टाढा अलग्गै राख्ने गरी बनाईएका छाउ गोठहरु भेटिएका थिए । छाउगोठ भेटिएका ठाउँमा उनीहरुलाई पहिलो चरणमा छाउगोठ हटाउनका लागि वडा कार्यालयले चिठी मार्फत आग्रह गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

वडा नम्वर ७ का विभिन्न बस्ती तथा टोलहरुमा अनुगमन गर्दा पहिले भन्दा अहिले धेरै जसो समुदाय परिवर्तन भएको वडा अध्यक्ष पाध्यायको भनाई छ ।

महिनावारी भएका बेला बस्नका लागि बनाइएका छाउगोठहरुलाई तत्काल भत्काएर घरभित्रै सुरक्षित तरिकाले बस्न र बसाउनका लागि समुदायलाई अनुगमन टोलीले सुझाव दिएको छ । समाजमा व्याप्त कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि ७ नम्वर वडाबासीहरुले नगरपालिकाको छाउपडी गोठमुक्त अभियानलाई साथ दिने बताएका थिए ।

बडीमालिका ७ मा विगतमा महिनावारी भएका महिलाहरुका लागि प्रत्येक घरमा अलग्गै छाउपडी गोठ बनाएर राख्ने गरेका थिए । तर अहिले केही परिवारका महिलाहरु बाहेक अरु सवैले छाउपडी महिलालाई सुरक्षित तरिकाले घरभित्रै राख्ने गरेको पाइएको छ ।

अझैपनि छाउ भएका बेला घरभित्र परिवारसंगै बस्दा देउता रिसाउने डरले आफुहरु घर बाहिर अलग्गै बस्नु पर्ने बाध्यता भएको अनुगमनका क्रममा महिला तथा किशोरीहरुले गुनासो गरेका छन् ।

वडामा रहेका महिनावारी भएका महिला र छाउ गोठको अवस्था बारे गरिएको अनुगमनमा नगर उप प्रमुख नन्दा कुमारी थापा, वडा नम्बर ७ का वडाध्यक्ष धर्मराज पाध्याय, कार्यपालिका सदस्य तुलसी नाथ, वडा सदस्य पार्वति जैशी, महिला तथा बालबालिका शाखाकी प्रमुख केशरी रोकाय, महिला सहायक निरिक्षक, विन्दु बडाल, प्रहरी र पत्रकार लगायत सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै