होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • द्वारीका आविका विद्यार्थीलाई न्यानो लुगा वितरण
देश/प्रदेश

द्वारीका आविका विद्यार्थीलाई न्यानो लुगा वितरण

  • नागरिक रैबार
द्वारीका आविका विद्यार्थीलाई न्यानो लुगा वितरण

बडीमालिका नगरपालिका-९ स्थित द्वारीका आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएकाे छ ।
जेपी कन्ट्रक्सन एण्ड सप्लायर्सकाे सहयाेगमा विद्यार्थीलाई न्यानाे लुगा वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक अमर बिश्वकर्माले बताएका छन् ।
उनका अनुसार द्वारीका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे आर्थिक सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएकाे हाे ।
बुधवार विद्यालयमा एक कार्यक्रमका बिच उक्त सामाग्री वितरण गरिएकाे हाे ।
चिसाे माैषमलाई लक्षित गर्दै विद्यार्थीलाई न्यानाे लुगा वितरण गरिएकाे जेपी कन्ट्रक्सन एण्ड सप्लायर्सका संचालक जय बहादुर विकले बताएका छन् ।
लुगा वितरण कार्यक्रममा प्रमुख अतिथि रूपमा बडीमालिका नगरपालिका वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष गोरख बिस्ट रहेका थिए । साथै विशिष्ट अतिथि वडा सदस्य सौरे लवार, विद्यालय व्यवस्थापन समितिका सदस्य तनी थापा, सिता बिक, पेमा गुरुङसहित अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेकाे थिए।
शैक्षिक तथा सामाजिक सहयोग मार्फत विद्यार्थीहरूको सिकाइ वातावरणलाई थप सहज बनाउन उद्देश्यका साथ गरिएको कार्यक्रममा उपस्थित अतिथिहरूले विद्यालयप्रति निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
कार्यक्रमलाई विद्यालयका प्रधानाध्यापक अमर विश्वकर्माले सञ्चालन गरेका थिए ।
जाडाे सिजनमा न्यानो लुगा पाउँदा विद्यार्थी तथा अभिभावकहरू खुशी भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार