नागरिक रैबार/बाजुरा २८ चैत्र। चट्याङ लागेर बुढीगंगामा एक बालिकाको मृत्यू भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा सोही नगरपालिका १ तल्लो कुणीका बिरु सार्कीकी ९ महिनाकी छोरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बुधवार राति ९ बजेको समयमा चट्याङ लागेर सार्कीकी ९ महिनाकी छोरीको घटना स्थलमै मृत्यु भएको हो । साथै चट्याङ लागेर मृतक बालिकाकाे आमा अन्दाजी २८ की सञ्जीता सार्की घाइते भएकी छन् । उनको शरीरको विभिन्न भाग जलेको छ । उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु