होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बिसुपर्व मनाउन घर फर्कनेको लर्को
Breaking News

बिसुपर्व मनाउन घर फर्कनेको लर्को

  • नागरिक रैबार
बिसुपर्व मनाउन घर फर्कनेको लर्को
तस्विर निराजन परियार कैलाली

 सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर गएकाको समेत यतिबेला घर फर्कने क्रम बढेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्षलाई बिसुपर्वका नामले धुमधाम साथ मनाउने चलन छ । यस प्रदेशमा रहका कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाकामा दिनहुँ हजारौँको सङ्ख्यामा नेपाली घर फर्किरहेका छन् ।

गाउँघरमा समेत चहलपलह बढेको छ । गाउँघरमा लिपपोत गर्ने, मिठामसिना खानाका परिकार बनाउने गरिएको पाइन्छ । बिसुपर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन् । बिसुपर्व आउनुपूर्व नै सुदूरपहाडका घर रातो माटो र कमेरो माटोले रङ्गिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दापहिले नै घर लिपपोत गरेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको छ । मजदुरीका लागि भारत पसेका अछाम चौरपाटी गाउँपालिकाका भीमबहादुर थापाले नयाँ वर्ष र बिसुपर्व मनाउन दुई वर्षपछि घर आएको बताउनुभयो । यतिबेला घर फर्किनुभएकाहरू धेरै जसो असारमा खेतीपातीको काम सकेर फेरि भारततिरै फर्कने गरेका छन् ।

बिसुपर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायमा एकआपसमा सिस्नु लगाएर रमाइलो गर्ने प्रचलन रहेको छ । गोरखापत्रबाट ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार