नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय प्रसारण लाइन अन्तरगत दिपायल-साँफे बगर ३३ केभिको विजुलीको तार चुटिएपछि मंगलबार रातिदेखि अछाम र बाजुरा जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको छ ।
मंगलबार राति डोटी जिल्लाको उडितोलामा रुख ढलेर तार चुँडिएपछी बाजुरा र अछाम जिल्लाको विद्तयुत सेवा अवरुद्ध भएकाे हो ।
तार चुटिएपछी अछाम तथा बाजुरा जिल्ला भर मंगलवार रातिदेखि विद्युत सेवा अवरुद्ध भएकाे नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ ।
डोटीमा तार चुटिएर विग्रेको लाईन मर्मत गर्नका लागि कर्मचारी परिचालन भएको र केही समयपछि विद्युत सेवा संचालनमा आउने नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ ।
मंगलबार रातिदेखि अवरुद्ध भएको विद्युत सेवा सूचारु नहुँदा बुधबार सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु