होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समीक्षा
  • आगलागीबाट बाम्का बजारमा आठ करोडको बढी क्षति
समीक्षा

आगलागीबाट बाम्का बजारमा आठ करोडको बढी क्षति

  • नागरिक रैबार
आगलागीबाट बाम्का बजारमा आठ करोडको बढी क्षति

नागरिक रैबार/बाजुरा २४ जेठ। बाजुराको बाम्का बजारमा शुक्रबार लागेको आगलागीबाट करिव ३५ पसलहरु पुरै जलेर नष्ट भएका छन् ।

आगलागीबाट बाम्का बजारका ३५ पसल र १ मोटर साइकल जलेर नष्ट भएकाे हो । आगलागीबाट ३५ पसलमा करिव ८ करोड बढीको क्षति भएको तथ्याकं लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म बाम्का बजारका आगलागी भएका पसलको आठ करोड ७७ लाख ६५ हजार क्षति भएको छ ।

शुक्रबार दिउसो बुढीगंगा नगरपालिका ६ स्थित नवदुर्गा होटलमा खाना पकाउने सिलिण्डर ग्यासबाट भएको आगलागीबाट बाम्का बजारमा ३५ पसलमा क्षेति पुगेको थियो । आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१प४६८१ नम्बरको मोटरसाइकल पनि जलेर नष्ट भएको छ ।

आगलागीबाट सवै भन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको एक करोड ८० लाख क्षति भएको छ । त्यस्तै गरि  तोयानाथ न्यौपानेको एक करोड ५० लाख, छत्र थापाको एक करोड ५० लाख र धनबहादुर साउँदको एक करोड ५० लाख,  दिपक साउँद,रामु अयडी,तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन भने आगलागिबाट बजारका फैन्सी पसल मेडिकल,इलेक्ट्रोनिक, पुुस्तक पसल र होटलहरु जलेर नष्ट भएका छन् । अझैपनि आगलागीबाट भएको क्षतिको सम्पूर्ण विवरण तयार गर्न सकिएको छैन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार