होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • आगलागी पिडितको अवस्था बुझ्‌न पर्यटन मन्त्री पाण्डे प्रभावित क्षेत्रमा
Breaking News

आगलागी पिडितको अवस्था बुझ्‌न पर्यटन मन्त्री पाण्डे प्रभावित क्षेत्रमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
आगलागी पिडितको अवस्था बुझ्‌न पर्यटन मन्त्री पाण्डे प्रभावित क्षेत्रमा

नागरिक रैबार/बाजुरा २४ जेठ । सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे आगलागीबाट पिडित बनेका परिवारलाई भेट्न प्रभावित क्षेत्रमा पुगेका छन् ।

शुक्रबार दिउसो बुढीगंगा नगरपालिका ६ स्थित नवदुर्गा होटलमा सिलिण्डर ग्यासबाट आगलागी भएपछि बाम्का बजारका करिव ४० पसलमा आगलागी भएको थियो ।

आगलागीबाट प्रभावित बनेका परिवारको राहत तथा उद्धारका साथै आगलागीबाट भएको क्षतीबारे बुझ्‌न मन्त्री पाण्डे बाम्का बजार पुगेका हुन् ।

विज्ञापन

आगलागी भए लगत्तै काठमाण्डौंबाट हिडेका मन्त्री पाण्डेले आगजनी भएको बाम्का बजारको शनिबार बिहान स्थलगत निरीक्षण गरेका हुन् ।

आगलागी पीडितहरूको अवस्था बुझ्न घटनास्थल पुगेका मन्त्री पाण्डेले पीडितहरूका लागि सरकारसंग तत्काल राहतका लागि पहल गर्ने बताएका छन।

आगलागी बाट प्रभावित बनेको क्षेत्रमा स्थलगत अनुगमनमा पुगेका मन्त्री पाण्डले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिएका छन् ।

आगलागीबाट बाम्का बजारका करिव ४० वटा पसलहरूमा करोडौको क्षति जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै