होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, पुस ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • न्युयोर्कका नवनिर्वाचित मेयरको मो:मो: मोह
देश/प्रदेश

न्युयोर्कका नवनिर्वाचित मेयरको मो:मो: मोह

  • नागरिक रैबार
न्युयोर्कका नवनिर्वाचित मेयरको मो:मो: मोह

नवनिर्वाचित न्युयोर्कका मेयर जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा मोमो खान गए।मेयर ममदानीले सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँगै लालीगुराँस बिस्ट्रोमा खाना खाए। जोहरान ममदानी न्युयोर्कको नेतृत्व गर्ने पहिलो मुस्लिम, दक्षिण एसियाली र अफ्रिकी मूलका व्यक्ति हुन्।

न्युयोर्क। अमेरिकाको सबैभन्दा ठुलो सहर न्युयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा मो:मो खान पुगेका छन् । मेयर पदमा निर्वाचित भएलगत्तै उनी सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँग ज्याक्सन हाइटस्थित लालीगुराँस बिस्ट्रो पुगेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेयर-निर्वाचितको रूपमा पहिलो व्यस्त दिन: बिहानै अन्तर्वार्ताहरू, सङ्क्रमणकालीन घोषणाहरू र बैठकहरू। यी सबैको बारेमा भोलि थप भन्नेछु। तर यसको एउटा उत्कृष्ट क्षण ज्याक्सन हाइट्सको लालीगुराँस बिस्ट्रोमा मेरी कंग्रेसवुमन कर्टेजसँगको दिउँसोको खाना थियो।’

विज्ञापन

३४ वर्षीय मदानी मामदानी न्युयोर्कको नेतृत्व गर्ने पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका व्यक्ति र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार