नागरिक रैबार/बाजुरा २२ माघ। प्रेस चाैतारी नेपाल जिल्ला समिति बाजुराको छैटाैं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न प्रेस चाैतारीको छैटाैं जिल्ला अधिवेशनबाट लक्ष्मीराज पाध्याय अध्यक्ष रहने गरी ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । जसमा उपाध्यक्षमा धनकृष्ण विक, महिला उपाध्यक्षमा कमला चंदारा, सचिवमा शुसिल रोकाया, कोषाध्यक्षमा धनबहादुर विसि, सहसचिव प्रमित विक र दीपक बडुवाल, सदस्यमा टेक ब बुढा, रमिता रोकाया, भरत बोहोरा ममता बिक रहेका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधिमा मदन बिक, महेश कार्की, रमित बिक, केशपुरा मल्ल, नारायण पाध्या र केन्द्रिय प्रतिनिधिमा मदन जोशी गगन ऐडि, पदम सिंह, सन्तोशी रावल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष सुरेस पन्तले जानकारी दिएका छन् ।
प्रेस चाैतारी बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सम्पन्न गरिएको छैटाैं जिल्ला अधिवेशन तथा २७ औं स्थापना दिवसमा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओली रहेका थिए ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा प्रेस चाैतारी केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज बसन्त विश्वकर्मा, राजेन्द्र सिह धामी, अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सचिव काँशी विक, संगठन विभाग प्रमुख अमर खड्का, प्रेस चाैतारी पूर्व अध्यक्ष नन्दा थापा लगायत रहेका थिए ।
प्रेस चाैतारी बाजुराका सचिव रमित विकले संचालन गरेको कार्यक्रम बडीमालिका नगरपालिकाको हलमा संचालन गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी प्रेस युनियनका प्रतिनिधि लगायत पत्रकार तथा नेताहरुको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु