होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गौमुल गाउँपालिकाकी सीता भईन ‘शी लिड्स आइकन’ मा उत्कृष्ट घोषित
देश/प्रदेश

गौमुल गाउँपालिकाकी सीता भईन ‘शी लिड्स आइकन’ मा उत्कृष्ट घोषित

  • नागरिक रैबार
गौमुल गाउँपालिकाकी सीता भईन ‘शी लिड्स आइकन’ मा उत्कृष्ट घोषित

नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको गाैमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा  ‘शी लिड्स आइकन’ मा उत्कृष्ट घोषित भएकी छन् । देशभरका महिला जनप्रतिनिधिको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै उपाध्यक्ष थापा ‘शी लिड्स आइकन अवार्ड’मा उत्कृष्ट घोषित भएकी हुन् ।

आयोजक संस्था शी लिड्स आइकन (कल्प) ले शुक्रबार प्रधानमन्त्री केपीशर्मा ओलीको उपस्थितिमा गाैमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा सहित विजेता तीनजनाको नाम घोषणा गरिएको हो ।

प्रतिस्पर्धाबाट बाजुराको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा, सिंगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र बडिगाड गाउँपालिका, बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारीले ‘शी लिड्स आइकन अवार्ड’ जितेकी हुन् ।

विज्ञापन

महिला जनप्रतिनिधिहरूको उत्सवका रुपमा रहेको ‘शी लिड्स आइकन’ का बिभिन्न चरण पार गर्दै गौमुल गाउँपालिकाकी उपाअध्यक्ष थापा तीन उत्कृष्ट महिला जनप्रतिनिधिमा छनौट भएकी हुन ।

एक सय ४० जना आवेदकमध्ये २७ जनाबीच प्रतिस्पर्धी भएको थियो । प्राप्त आवेदनमध्ये कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिम प्रदेशबाट १५ महिला जनप्रतिनिधि सहभागी थिए ।

तीनै जनालाई प्रधानमन्त्री केपीशर्मा ओलीले सम्मान एवम् प्रशंसा पत्र प्रदान गरेका हुन् । आइकन घोषित उपाध्यक्षद्वय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

‘शी लिड्स आइकन’को उपाधि जितेसंगै सीता थापाले  २७ जनाभित्रै अटाउनु नै आफ्नो लागि सवै भन्दा ठूलो कुरा भएको बताइन ।  थापा २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा गाैमुल गाउँपालिकामा नेकपा एमालेबाट दुई कार्यकाल उपाध्यक्ष भएकी जनप्रतिनिधि हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार