होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, पुस २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड क्षेडेदहको प्रमुख प्रशासकीय अधिकृत जिम्मेवादरी रावतलाई
बाजुरा बिशेष

खप्तड क्षेडेदहको प्रमुख प्रशासकीय अधिकृत जिम्मेवादरी रावतलाई

  • नागरिक रैबार
खप्तड क्षेडेदहको प्रमुख प्रशासकीय अधिकृत जिम्मेवादरी रावतलाई

नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको खप्तड क्षेडेदह गाउँपालिकाले चार महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । गएको असोज ८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको खप्तड छेडेदहमा करिव चार महिनापछि पालिकामै कार्यरत रहेका नन्द बहादुर रावतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी रावतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

मन्त्रालयले शुक्रवार गाउँपालिकालाई पत्र पठाउँदै नेपाल स्वास्थ्य सेवा अधिकृत स्तर छैटौं तहमा रहेका रावतलाई गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ । रावतलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्मका लागि गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको छ ।

विज्ञापन

यस अघि पुष १६ गते बसेको खप्तड छेडेदह गाउँ कार्यपालिकाको बैठकले पनि स्वास्थ्य संयोजक रावतलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो । गृह पालिकाका स्थानीय समेत रहेका रावत गाउँपालिकामा २०७४ साल देखि नै स्वास्थ्य संयोजकका रुपमा कार्यरत थिए ।

करिब चारमहिना पछि गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको टुंगो लाएपछि अब विकास निर्माणका काम, योजना, आर्थिक कारोवार लगायतका सबै कामकाज तीव्र रुपले सञ्चालन हुने गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार