होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एसइइ परीक्षामा बाजुरा जिल्ला टप भए क्रियटरका किरन खड्का
देश/प्रदेश

एसइइ परीक्षामा बाजुरा जिल्ला टप भए क्रियटरका किरन खड्का

  • नागरिक रैबार
एसइइ परीक्षामा बाजुरा जिल्ला टप भए क्रियटरका किरन खड्का

नागरिक रैबार/बाजुरा १४ असार । बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमीबाट यस वर्षको एसइइ परिक्षामा समावेश भएका किरन खड्का बाजुरा जिल्ला प्रथम भएका छन् । खड्काले जिल्लामै सवैभन्दा बढी ३.८० जिपिए ल्याएर जिल्ला प्रथम भएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीले बताएका छन् ।

May be an image of 5 people, crowd and text
माद्यमिक शिक्षा परिक्षा (एसइइ) सूरुवात देखि बाजुरा जिल्लामा खड्काले ल्याएको जिपिए भन्दा बढी कसैले ल्याउन सकेका थिएनन् । यस वर्षको एसइइ परिक्षामा बाजुराका सामुदायिक र निजि विद्यालयका तर्फबाट परिक्षामा सहभागि सवै विद्यार्थी भन्दा बढी अंक ल्याएर खड्का प्रथम भएका हुन् ।

बाजुरा जिल्लाभरका सामुदायिक तथा निजि विद्यालयबाट एसइइ परिक्षा दिने ३.६ जिपिए भन्दा माथि अंक ल्याउने ८ जना विद्यार्थी मध्ये खड्का सहित ३ जना क्रियटर जोन एकेडेमीका रहेका छन् । क्रियटर जोन एकेडेमीको पाँचौ व्याजका रुपमा यस वर्षको एसइइ परिक्षामा सहभागि भएका १८ जना विद्यार्थी सवै उत्कृष्ट नतिजा ल्याएर पास भएका छन् ।

विज्ञापन

क्रियटर जोन एकेडेमीमा पाँचौ व्याजका रुपमा यस वर्षको एसइइ परिक्षामा सहभागि १८ जना विद्यार्थी मध्ये बुढीनन्दा नगरपालिका वडा नम्वर ७ घर भएका किरन खड्का जिल्लामै प्रथम र गौमुल गाउँपालिकाका प्रतिविम्व विक क्रियटरका विद्यार्थी मध्ये दोस्रो र सन्देश लवार तेस्रो भएका छन् ।

May be an image of 9 people and text
बाजुरा जिल्लामा यस वर्षको नियमित तर्फकोे समष्टीगत नतिजा भने ३५.४७ रहेको छ । २०८० चैत महिनामा भएको एसइइ परिक्षाको नजिता २०८१ असार १३ गते सार्वजनिक भएको थियो । क्रियटर जोनले एस वर्षको एसइइ परिक्षामा समावेश भइ उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै  खुसियाली मनाउँदै बजार परिक्रमा गरेको छ ।

May be an image of ticket stub and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै