होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पत्रकार महासंघले ६९ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने
Breaking News

पत्रकार महासंघले ६९ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने

  • नागरिक रैबार
पत्रकार महासंघले ६९ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने

नागरिक रैबार। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले ६९ औं स्थापना दिवस बाजुरामा पनि विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

बिहीबार मार्तडीमा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यहरुको बैठकले स्थापना दिवसमा जिल्ला स्थित सम्पूर्ण पत्रकारहरुको रगत पहिचान गरी रगत आवश्यक परेकाहरुका लागि प्रदान गर्ने निर्णय गरेको सचिव रमित विकले बताएका छन ।

जिल्लामा रगत नपाएर बिरामीहरू जिल्ला बाहिर रिफर गर्नुपर्ने हुँदा उनिहरूलाई आवश्यक पर्ने रगतकाे अभाव नहाेस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिने सचिव विकले बताए ।

सोही अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफूल समेत वितरण गरिने कार्यक्रम तय गरिएको छ । पत्रकार महासंघले स्थापना दिवस यसअघि विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ ।

चैत १६ गते बिहान ८ बजे जिल्ला अस्पतालमा सम्पूर्ण पत्रकार तथा अन्यको उपस्थितिका लागि महासंघले आग्रह गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष संगीता तिमिल्सिना सहित पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार