नागरिक रैबार/बाजुरा ६ मंसिर। नेकपा माओवादी केन्दबाट बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले उम्मेदवारी फेर्ता लिएपछि पार्टीले आपत्ति जनाएको छ ।
नेकपा माओवादी केन्द्र बाजुराले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वामीकार्तिक खापर गाउँपालिकामा राजु कुमारी विकले दर्ता गराएको उपाध्यक्ष पदको उम्मेदवारी फेर्ता पार्टीको निति निर्देशन विपरित भएको जनाएको हो ।
गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा माओवादी केन्द्रका तर्फबाट राजुकुमारी विकलाई उपाध्यक्षका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराएको थियो । तर वडा र गाउँ कमिटीको निर्णय अनुसार एमालेलाई सहयोग गर्ने गरी उम्मेदवारी फेर्ता गरिएको बुझिएको छ ।
राजु कुमारी विकले हिजो मात्र पार्टीलाई कुनै जानकारी नगराई उम्मेदवारी फिर्ता लिएको प्रति गम्भिर ध्यानाकर्षण भएको छ नेकपा माओवादी केन्द्र बाजुराका जिल्ला संयोजक देविचन्द्र बुढाद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनकाे उम्मेदवारी फेर्ता जस्तो अवैधानिक कार्यमा पार्टीको संग्लनता नरहेको र अनुमति विना उम्मेदवारी फिर्ता भएकाले यस कार्यको घोर आपत्ति जनाउँदछाै विज्ञप्तिमा भनिएको छ ।
माओवादी केन्द्रले उपचुनावमा कुनै दलसंग पनि गठबन्धन नगरि एक्लै चुनाव लड्ने गरि स्वामीकार्तिक खापर गाउँपालिकामा राजुलाई उम्मेदवार बनाएको थियो । तर हिजो ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नु अगावै उपाध्यक्षका उम्मेदवार विकले एकाएक उम्मेदवारी फेर्ता लिएपछि नेकपा माओवादी केन्द्र बाजुरा तरंगित बनेको छ ।
त्यस्तै राप्रपाबाट उम्मेदवार बनेकी सुनादेवि थापा भोटेले पनि आफ्नो उम्मेदवारी फेर्ता लिएकी थिइन्।२०७९ मा नेपाली काँग्रेसबाट विजयी बनेको मैना जोशीको गत माघ ४ गते निधन भएपछि रिक्त उपाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुन् लागेको हो ।
फेसबुक प्रतिक्रियाहरु