होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
Breaking News

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भोलि (आइतबार) प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले भोलि (आइतबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो । नेकपा एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरिसकेको छ ।

एमालेले संसद्‌मा प्रतिनिधित्व गर्ने दलदेखि स्वतन्त्र सांसदहरुलाई समेत विश्वासको मत दिन आग्रह गरेको छ । सत्ता गठबन्धनको अर्को ठूलो दल नेपाली कांग्रेसले भोलि संसदीय दलको बैठकबाट प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै छ ।

विज्ञापन

प्रधानमन्त्री ओलीको पक्षमा अहिलेसम्म कांग्रेसका ८८, एमालेका ७७, जसपाका ७ जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४ र नागरिक उन्मुक्तिका ४ तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंह गरी १९२ सांसद छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी भने विपक्षमा छन् । माओवादी केन्द्रको ३२, रास्वपा २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र एकीकृत समाजवादीका १० तथा राष्ट्रिय जनमोर्चा र आमजनता पार्टी एक-एक गरी जम्मा ७९ मत विपक्षमा हुने निश्चित भएको छ । उनीहरुले प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मत हाल्ने निर्णय गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार