नागरिक रैबार/बाजुरा ४ पुुस । बाजुराको बुढीगंगा नगरपालिकाका वडाहरुमा बालविवाह अन्त्यका लागि अभियान थालिएका छन् । नगरपालिकामा बढ्दो बालविवाह न्युनिकरण गर्न अहिले वडा वडामा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु अभियानका रुपमा संचालन भईरहेका छन् ।
बुढीगंगाका १० वटा वडा मध्ये सवै भन्दा बढी बालविवाह भएको वडाका रुपमा चिनिएको वडा नम्वर ६ मा बालविवाह अन्त्यका लागि किसोर किसोरी, बाल संजाल, महिला संजाल, अभिभावक, जनप्रतिनिधि र सरोकारवाला निकायहरु लागि परेका छन् ।
वडाले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका किसोर किसोरी, बाल संजाल, महिला संजाल, अभिभावक, जनप्रतिनिधि र सरोकारवाला निकायहरुले वडामा बढ्दो बालविवाहलाई न्युनिकरण गर्ने गरी प्रतिवद्धता जनाएका छन् ।
बुढीगंगा नगरपालिका वडा नम्वर ६ को आयोजनामा, पीसविन नेपालको सहकार्य र गुड नेवर्स इन्टरनेशनल आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरिएको बालविवाह न्युनिकरणका लागि वडा स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले आगामी दिनमा वडामा बालविवाह हुन् नदिने प्रतिवद्धता जनाएका हुन् ।
वडा नम्वर ६ यस अघि २०७८ सालमा बालविवाह मुक्त वडा घोषणा भएको भएपनि बालविवाह दर नघटेपछि पुनः अभियान नै चलाएर अगाडि बढ्नु पर्ने परिस्थिति सृजना भएको वडा अध्यक्ष हेमराज जैशीले बताएका छन् ।
वडाले आयोजना गरेको बालविवाह न्युनिकरणका लागि वडा स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बालविवाहले गर्दा चौतर्फि असर गरेकोले वडा नम्वर ६ सहित नगरका १० वटै वडालाई यसबाट मुक्त गर्ने गरि रणनीति र योजनाका साथ अगाडि बढीरहेको बताएका छन् ।
नेपालको कानुन अनुसार बाल बिबाह एक कानुनी र सामाजिक अपराध हो भनी मुलुकी ऐन २०७४ को दफा ७० उपदफा (घ) मा २० बर्ष पुरा नभई विवाह गर्न नपाउने भनी उल्लेख गरेको छ । कानुनले अपराध भनेर व्याख्या गरेको बालविवाह रोक्न बुढीगंगाका विभिन्न वडामा जनचेतानामुलक कार्यक्रमहरु प्रभावकारी बनाएर लागि रहेको नगरप्रमुख बानियाँले बताएका छन् । उनले भने नगरपालिकालाई नै २०८१ सालभित्र बालविवाह मुक्त गर्ने योजना बनाएको भएपनि केही समय ढिला भएको छ । अव २०९१ बैशाख महिनाभित्र नगरपालिकालाई बालविवाह मुक्त नगर घोषणा गर्ने तयारीमा छौं नगर प्रमुख बानियाँले भने ।
बुधवार वडाका जनप्रतिनिधि, महिला सञ्जाल, बाल क्लव, अभिभावक लगाएत सरोकारवाको उपस्थितिमा बालविवाह न्युनिकरणका लागि आयोजना गरिएको वडा स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
बुढीगंगा नगरपालिकामा गुडनेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा एकिकृत सामुदायिक विकास परियोजना पीसविन नेपाल मार्फत संचालन भईरहेको छ ।
परियोजनाले नगरपालिका भित्रका बालवालिकालाई सैक्षिक सामग्री, सामान्य स्वास्थ्य परिक्षण, आर्थिक अवस्थाले कमजोर गरिव तथा जेहेन्दार बालवालिकाको घर निर्माण लगायत उनीहरुको ५० हजार बरावको उपचार खर्च गरिरहेको पीसविन नेपालका परियोजना अधिकृत कृष्ण रावल ले बबालवालिकालाई सक्रिय बनाउने शिक्षा स्वास्थ्य आयआर्जन लगातका€ काम गर्दे आएको ।
बुढीगंगा नगरपालिकामा पिसवीन नेपालको सहकार्य तथा गुडनेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा महिला सञ्जाल, विद्यालय र स्थानीय तहको सक्रियताले बालविवाह न्युनिकरणका लागि विभिन्न कृयाकलापहरु संचालन गरिरहेको छ । बुढीगंगामा बालविवाह न्युनिकरण गर्न चुनौति थपिएपछि नगरपालिका र नगरपालिकामा साझेदार गर्ने संघसंस्थाहरु सक्रिय भएर बालविवाह अन्त्यका लागि अभियानमा लागेका छन् ।
बुढीगंगा नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष हेमराज जैशीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा नगरप्रमुख रामबहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए ।
त्यस्तै कार्यक्रममा पीसविन नेपालका परिरयोजना अधिकृत कृृष्ण रावल, गुडनवर्स इन्टरनेशनलका कार्यक्रम अधिकृत दीपक पौडेल, (एसएसए) रत्न शाही, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद जैशी, महिला तथा बालवालिका शाखाका प्रमुख ओमकुमारी विक लगायत बाल संजाल, पत्रकार मदन विक, महिला संजाल, अभिभावक किसोर किसोरीहरुको सहभागिता रहेको थियो । वडा नम्वर ६ को वडा कार्यालयको तालिमहलमा आयोजित उक्त कार्यक्रमको संचालन वडा सचिव भरतराज जैशीले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु